back
CTIZAN AD

समाचार अपडेट : १०० जनाको शव निकालियो

वि.सं.२०८२ जेठ २९ बिहीवार

633 

shares

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट १०० जनाको शव निकालिएको छ ।

यात्रुहरूमा ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिक थिए। दुर्घटनास्थलबाट अहिलेसम्म १०० जनाको शव निकालिएको छ। उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ यात्रु सवार रहेको भारतीय संचार माध्यमले जनाएको छ ।

अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू बस्ने भवनसँग विमान ठोक्किएको थियो। जानकारी अनुसार १५ जना डाक्टर घाइते भएका छन्।

एयर इन्डियाको उडान नम्बर एआई १७१ ले दिउँसो १.३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:३८ बजे उडान भरेको थियो। दिउँसो १.४० बजे दुर्घटनाग्रस्त भएको थियो।
जानकारी अनुसार विमानस्थलको पर्खाल र एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको थियो। विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो।

डीजीसीएका अनुसार विमानमा दुई पाइलट र १० क्याबिन क्रू सहित कुल २४२ जना सवार थिए। पाइलटसँग ८,२०० घण्टा र सहपाइलटसँग १,१०० घण्टा उडान अनुभव थियो।

वि.सं.२०८२ जेठ २९ बिहीवार १६:३८ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...