
भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट १०० जनाको शव निकालिएको छ ।
यात्रुहरूमा ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिक थिए। दुर्घटनास्थलबाट अहिलेसम्म १०० जनाको शव निकालिएको छ। उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ यात्रु सवार रहेको भारतीय संचार माध्यमले जनाएको छ ।
अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू बस्ने भवनसँग विमान ठोक्किएको थियो। जानकारी अनुसार १५ जना डाक्टर घाइते भएका छन्।
एयर इन्डियाको उडान नम्बर एआई १७१ ले दिउँसो १.३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:३८ बजे उडान भरेको थियो। दिउँसो १.४० बजे दुर्घटनाग्रस्त भएको थियो।
जानकारी अनुसार विमानस्थलको पर्खाल र एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको थियो। विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो।
डीजीसीएका अनुसार विमानमा दुई पाइलट र १० क्याबिन क्रू सहित कुल २४२ जना सवार थिए। पाइलटसँग ८,२०० घण्टा र सहपाइलटसँग १,१०० घण्टा उडान अनुभव थियो।
वि.सं.२०८२ जेठ २९ बिहीवार १६:३८ मा प्रकाशित