back
CTIZAN AD

पालिकाद्वारा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण

वि.सं.२०८२ जेठ ३० शुक्रवार

600 

shares

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ ।

पालिकाक्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

“परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै लैजान सके पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्था पनि आउँदैन”,उनले भने,“आरनमा काम गर्नेलाई थप व्यावसायिक बनाउन र प्रविधिमैत्री बनाउन पालिकाले अनुदान कार्यक्रममार्फत आधुनिक औजार उपलब्ध गराएको हो ।”

अध्यक्ष भट्टले परम्परागत पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न त्यसलाई प्रविधिमैत्री बनाउँदै लैजाउनुपर्ने आवश्यकता रहेको बताए । “आधुनिक उपकरणको प्रयोगबाट व्यवसायीलाई छिटोछरितो औजार निर्माण गर्न मात्र सहयोग पुग्ने नभई कम लगानीमा धेरै उत्पादन गर्नसक्ने अवस्था बन्छ, उनले भने ।

पालिकाले प्रत्येक व्यवसायीलाई रु तीस हजारभन्दा बढीका औजार उपलब्ध गराएको उनले जानकारी दिए । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले व्यवसायीलाई विद्युतीय पङ्खा, सुरक्षित पञ्जा, ग्रेडरलगायत सामग्री प्रदान गरेको हो । रासस/फाइल फोटो

वि.सं.२०८२ जेठ ३० शुक्रवार ०८:३४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...