back
CTIZAN AD

त्रिविमा मनपरी : बिदा लिएका १८७ जना कार्यालय फर्किएनन्

वि.सं.२०८२ जेठ ३० शुक्रवार

1.3K 

shares

काठमाडौँ । अध्ययन बिदा लिएका त्रिभुवन विश्वविद्यालयका एक सय ८७ जना शिक्षक/कर्मचारी कार्यालय नफर्केको पाइएको छ ।
ती मध्ये दुई सय १३ जनाले अध्यन बिदा उपयोग गरेपनि उत्तीर्ण प्रमाणपत्र पेस नगरेको पाइएकाे हाे ।

समन्वय महाशाखा प्रमुख एवं समितिका सदस्य सचिव दिपक तिवारीले भने, ‘खोज समिति नै बनाएर नफर्केका शिक्षक कर्मचारीको खोजी भएको थियो । समितिले तयार पारेको प्रतिवेदन आज त्रिवि पदाधिकारीलाई बुझाइएको छ ।’

तिवारीले प्रतिवेदनले एक सय ८७ जना नफर्केका र दुई सय १३ जना उत्तीर्ण प्रमाणपत्र पेस नगरेका शिक्षक/कर्मचारी रहेको बताए ।
अध्ययन बिदा लिएर लामो समयदेखि विश्वविद्यालय नफर्केपछि उक्त विषयमा छानबिन गर्न त्रिविले समिति गठन गरेको थियो । त्रिवि पदाधिकारीहरूले यथाशीघ्र पुन प्रमाणीकरण गर्न र थप छानबिन गर्न सोही समितिलाई जिम्मा दिएको छ ।

यस घटना बारे बिस्तृत बुझ्न खोज्दा त्रिभुवन विश्वविद्यालयका उपकुलपति खड्क केसीको फोन उठेन । तर, उनले एसएमएस मार्फत बिदा लिएर कार्यालय नर्फकेका शिक्षक तथा कर्मचारीको बिदा उपयोग अवधीमा बुझेको तलबको १० प्रतिशत र कम्पाउण्ड ब्याजसहित पैसा बुझाउन लगाउने बताएका छन् ।

वि.सं.२०८२ जेठ ३० शुक्रवार १७:२३ मा प्रकाशित

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...