back
CTIZAN AD

फेदीखोला गाउँपालिकाका अध्यक्ष शिक्षक विद्यार्थीसँगै सरसफाइ अभियानमा

वि.सं.२०८२ जेठ ३० शुक्रवार

2.3K 

shares

फेदीखोला गाउँपालिकामा शिक्षक र विद्यार्थीको सक्रियतामा सडक तथा आसपासका फोहोर संकलन र व्यवस्थापन गरिएको छ । फेदीखोला गाउँपालिका २ खड्केटारी स्थित कालाभैरव माध्यमिक विद्यालयका शिक्षक र कक्षा ६ देखि १२ सम्म अध्यनरत विद्यार्थीले सिद्दार्थ राजमार्ग अन्तर्गत भालूपहाड–बडाचौर–खड्केटारी जिरो सम्मको सडक र आसपासका नकुहिने फोहोर जन्य प्लास्टिक, बोतल जस्ता जथाभावी फालिएका बस्तु संकलन र व्यवस्थापन गरेका हुन् ।

फेदीखोला गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘फोहोर मैला वर्गीकरण र उचित व्यवस्थापन’ कार्यक्रमलाई टेवा पुगोस् भन्ने उद्देश्यले विद्यार्थी अतिरिक्त कृयाकलाप अन्तर्गत सरसफाइमा जोडिएका हुन्. । संकलित फोहोर पालिकाको संकलन केन्द्र पठाइएको छ ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी विद्याथीसँगै सडकमा फोहोर संकलन गर्दै विद्यार्थीलाई हौसला दिएका थिए । उनले विद्यार्थीमार्फत सरसफाईको सुरुवात विद्यार्थी, विद्यालय हुँदै समाज सम्म पुग्ने हुँदा विद्यार्थी नियमित सरसफाइमा जोडिनुपर्ने बताए ।

गाउँपालिका सरसफाई व्यवस्थापन विज्ञ कृष्ण भण्डारी, गाउँपालिकाका योजना तथा सरसफाई शाखाका तीर्थ चापागाईं, जनप्रतिनिधि वीर बहादुर कार्की लगायत शिक्षक, विद्यार्थीसँगै सरसफाइ अभियानमा खटिएका थिए ।

विद्यालयका विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी लगायतको समुहले बस्तीमा र यात्रुवाहक सवारी चालकलाई सरसफाई सम्बन्धी जानकारी गराए । उनीहरुले सवारी साधनमा अनिबार्य सरफाई सामग्रीहरु राख्न चालक तथा सहचालकलाई सुझाव दिए ।

वि.सं.२०८२ जेठ ३० शुक्रवार १८:१४ मा प्रकाशित

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...