back

फेदीखोला गाउँपालिकाका अध्यक्ष शिक्षक विद्यार्थीसँगै सरसफाइ अभियानमा

वि.सं.२०८२ जेठ ३० शुक्रवार

924 

shares
IME Limited
NTC AD

फेदीखोला गाउँपालिकामा शिक्षक र विद्यार्थीको सक्रियतामा सडक तथा आसपासका फोहोर संकलन र व्यवस्थापन गरिएको छ । फेदीखोला गाउँपालिका २ खड्केटारी स्थित कालाभैरव माध्यमिक विद्यालयका शिक्षक र कक्षा ६ देखि १२ सम्म अध्यनरत विद्यार्थीले सिद्दार्थ राजमार्ग अन्तर्गत भालूपहाड–बडाचौर–खड्केटारी जिरो सम्मको सडक र आसपासका नकुहिने फोहोर जन्य प्लास्टिक, बोतल जस्ता जथाभावी फालिएका बस्तु संकलन र व्यवस्थापन गरेका हुन् ।

फेदीखोला गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘फोहोर मैला वर्गीकरण र उचित व्यवस्थापन’ कार्यक्रमलाई टेवा पुगोस् भन्ने उद्देश्यले विद्यार्थी अतिरिक्त कृयाकलाप अन्तर्गत सरसफाइमा जोडिएका हुन्. । संकलित फोहोर पालिकाको संकलन केन्द्र पठाइएको छ ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी विद्याथीसँगै सडकमा फोहोर संकलन गर्दै विद्यार्थीलाई हौसला दिएका थिए । उनले विद्यार्थीमार्फत सरसफाईको सुरुवात विद्यार्थी, विद्यालय हुँदै समाज सम्म पुग्ने हुँदा विद्यार्थी नियमित सरसफाइमा जोडिनुपर्ने बताए ।

गाउँपालिका सरसफाई व्यवस्थापन विज्ञ कृष्ण भण्डारी, गाउँपालिकाका योजना तथा सरसफाई शाखाका तीर्थ चापागाईं, जनप्रतिनिधि वीर बहादुर कार्की लगायत शिक्षक, विद्यार्थीसँगै सरसफाइ अभियानमा खटिएका थिए ।

विद्यालयका विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी लगायतको समुहले बस्तीमा र यात्रुवाहक सवारी चालकलाई सरसफाई सम्बन्धी जानकारी गराए । उनीहरुले सवारी साधनमा अनिबार्य सरफाई सामग्रीहरु राख्न चालक तथा सहचालकलाई सुझाव दिए ।

वि.सं.२०८२ जेठ ३० शुक्रवार १८:१४ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक...