back
CTIZAN AD

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

वि.सं.२०८२ असार ६ शुक्रवार

609 

shares

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ ।
दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४३ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...