back
CTIZAN AD

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

वि.सं.२०८२ असार १० मंगलवार

837 

shares

काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली गणेशप्रसाद पोखरेल र सुमन गैरे आज नयाँ दिल्ली आइपुगेका छन् ।

इरान–इजरायल युद्धका कारण इरानमा समस्यामा परेका १६ नेपालीमध्ये यी दुईलाई इरानस्थित भारतीय दूतावासले उद्धार गरी दिल्ली ल्याएको हो । दिल्लीबाट उनीहरु बुटवलका लागि हिँडिसकेको भारतीय दूतवासले जनाएको छ ।

इरानमा रहेका १६ नेपालीमध्ये पाँच जना जेलमा छन् । बाँकी ११ जनाको उद्धारका लागि पहल भइरहेको छ । यी ११ जना भारतले उद्धार उडान सञ्चालन गरिरहेको इरानको मसाद सहरमा पुगेका थिए । तर, भारतीय नागरिकसँगै त्यहाँ पुगेका ११ मध्ये ९ जनासँग इरानी कानुनअनुसार आवश्यक कागजात नभएका कारण उडान अनुमति प्राप्त नभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

बाँकी ९ जना मसादको एक होटलमा भारतीय नागरिकसँगै सुरक्षित छन् र उनीहरूलाई भारतीय नागरिकसँगै उद्धार गरिने इरानस्थित भारतीय दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा समस्यामा परेका नेपालीलाई भारतीय नागरिकको उद्धारसँगै ल्याउन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।

वि.सं.२०८२ असार १० मंगलवार २०:५४ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...