back
CTIZAN AD

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

वि.सं.२०८२ असार १० मंगलवार

2.5K 

shares

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२÷०८३ को लागि ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् ।
प्रस्तुत बजेटमा नेपाल सरकारबाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ४६ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ २२ करोड ७३ लाख ९७ हजार, सङ्घीय राजश्व बाँडफाँट तर्फ ७ करोड २० लाख अनुमान गरिएको छ ।

यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान तर्फ १ करोड ६ लाख ७० हजार, प्रदेश राजश्व बाँडफाँटतर्फ ७२ लाख २ हजार, प्रदेश समपूरक अनुदान तर्फ रु. ६० लाख, प्रदेश विशेष अनुदान रु. ४० लाख रहेको छ ।

सङ्घीय विशेष अनुदानतर्फ रु. १ करोड २९ लाख र सङ्घीय समपूरकतर्फ १ करोड २२ लाख अनुमान गरिएको छ । बचत रु.३ करोड १५ लाख र आन्तरिक आयश्रोत तर्फ १ करोड १० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु. ३५ करोड ३२ लाख ६ हजार ५ सय ६१ प्रस्ताव गरिएको छ । यो कूल बजेटको ७२.६६ प्रतिशत हुनु आउँछ । यसमध्ये बाट गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी र शिक्षकहरुको तलव भत्ता तथा कार्यालय सञ्चालन खर्चसमेत प्रस्ताव गरिएको छ । यसैगरी चालु खर्च तर्फ नै जनप्रतिनिधिहरुको सेवा सुविधासमेत प्रस्ताव गरिएको छ ।

यस्तैगरी पूजीगत खर्च तर्फ आर्थिक विकास क्षेत्रमा १३.१४ प्रतिशत, सामाजिक विकास क्षेत्रमा २२.२८ प्रतिशत, भौतिक पूर्वाधारमा ५१.४७ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ७.६५ प्रतिशत, संस्थागत विकास तथा सेवा प्रवाहमा ५.४६ प्रतिशत गरी कूल १३ करोड २८ लाख ५२ हजार विनियोजन गरिएको छ ।

सडक पूर्वाधार तर्फ साथै गाउँपालिकाको केन्द्रबाट वडा कार्यालय जोड्ने गाउँपालिकाका रणनीतिक सडकहरु बाह्रै महिना यातायात संचालन गर्न ललाङ् तर्ले कुसुमभञ्ज्याङ् सडकका लागि रु १ करोड ७५ लाख, भुवान चिन्नेवास राम्कीथुम्की सडक स्तरोउन्नती रु ८६ लाख, भन्ज्याङ बाहु बिरुवा सडक स्तरोउन्नती रु ४० लाख, बेलघारी मेथाभुरुङ सपाउँदे सडक स्तरोन्नती रु. ४० लाख, खाली बिरुवा सडकका लागि रु ३० लाख, बिरुवा शिखरशिहं दह सडक स्तरोन्नतीका लागि रु २५ लाख, विनियोजन गरेको छ । पालिकास्तरीय अस्पताल सञ्चालनको लागी रु. ७० लाख रुपैया विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा भवन तथा सडक पूर्वाधारकासाथै कृषि, शिक्षा र रोजगारको क्षेत्रलाई प्राथमिकतामा पारिएको छ । जसमा वास्तविक कृषकको पहिचान गरी कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन कृषक अनुदानमा रु.२० लाख, ५० प्रतिशत अनुदानमा कृषि बीउविजन वितरण कार्यक्रमको लागि बजेट व्यवस्था गरिएको छ । यो सँगै बजारोन्मुख बस्तीहरुको भित्रि बाटो निर्माण र सामुदायिक भवन निर्माणमा उपभोक्ता सँग साझेदी गर्न समेत आवश्यक बजेट विनियोजन गरेको छ ।

यसैगरी शिक्षा तर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पोषणयुक्त खाजा व्यवस्था गर्न सङ्घीय सरकारले तोकेको दरमा वृद्धि गर्न रु. १० लाख बजेट विनियोजन गरिएको छ । पालिका भित्रका अभिभावक विहिन बालबालिकाहरुको अभिभावकत्व गाउँपालिकाले ग्रहण गरी कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलान आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री कार्यक्रम मार्फत बेरोजगार सूचीमा सूचिकृत १ सय दिन बराबरको रोजगारी प्रदान गरिएकोमा साझेदारीको लागि रु. १३ लाख ७५ हजार बजेट व्यवस्था गरिएको छ ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा कामदारहरुलाई र करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्नका लागि रु.२५ लाख बजेटको व्यवस्था गरेको छ ।
यही असार ६ गते गाउँपालिकाको १७ औं अधिवेशनको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्पन्न गरेको बिरुवा गाउँपालिकाले आज मङ्गलबार आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित बजेट प्रस्तुतसँगै सर्वसम्मतले पारित भएको हो ।

वि.सं.२०८२ असार १० मंगलवार १७:०२ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...