back
CTIZAN AD

शिक्षकको सेवा, सुविधा तथा सामाजिक सुरक्षाको सुदृढीकरण गर्दैछौँ : घनश्याम सुवेदी

वि.सं.२०८२ असार ११ बुधवार

5.7K 

shares

स्याङ्जा । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय तहले शिक्षकहरुको सेवा, सुविधा तथा सामाजिक सुरक्षाको सुदृढीकरण गर्न विभिन्न पहलहरु थालेको बताएका छन् ।

उनले हाल संघीय सरकारले बालविकास लगायतका पदहरूमा न्यूनतम पारिश्रमिक स्थानीय तहमा पठाएको भन्ने विषण भ्रमपूर्ण रहेको बताएका छन् ।

‘संघीय सरकारले न्यूनतम पारिश्रमिक स्थानीय तहमा पठाएको होइन, बरु स्थानीय तहले शिक्षकहरूको सेवा, सुविधा तथा सामाजिक सुरक्षाको सुदृढीकरण गर्न विभिन्न पहलहरू थालेका छन्’, अध्यक्ष सुवेदीले भने, ‘फेदीखोला गाउँपालिका देशकै पहिलो पालिका हो जसले शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत यस योजनालाई स्पष्ट रूपमा समेटेका छौँ ।’

अध्यक्ष सुवेदीले संघीय तलबको व्यवस्था प्राप्त ‘फूल खाने’ पदहरूमा कार्यरत शिक्षक र अन्य शिक्षकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी नयाँ योजना संघीय सरकारले कार्यान्वयनमा लैजाने नीति लिइएको बताए ।

उनले यस महत्वपूर्ण कदमका लागि सम्पूर्ण शिक्षक, विद्यालय परिवार तथा सरोकारवाला पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

वि.सं.२०८२ असार ११ बुधवार १७:४६ मा प्रकाशित

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...