back

शिक्षकको सेवा, सुविधा तथा सामाजिक सुरक्षाको सुदृढीकरण गर्दैछौँ : घनश्याम सुवेदी

वि.सं.२०८२ असार ११ बुधवार

3.6K 

shares
IME Limited
NTC AD

स्याङ्जा । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय तहले शिक्षकहरुको सेवा, सुविधा तथा सामाजिक सुरक्षाको सुदृढीकरण गर्न विभिन्न पहलहरु थालेको बताएका छन् ।

उनले हाल संघीय सरकारले बालविकास लगायतका पदहरूमा न्यूनतम पारिश्रमिक स्थानीय तहमा पठाएको भन्ने विषण भ्रमपूर्ण रहेको बताएका छन् ।

‘संघीय सरकारले न्यूनतम पारिश्रमिक स्थानीय तहमा पठाएको होइन, बरु स्थानीय तहले शिक्षकहरूको सेवा, सुविधा तथा सामाजिक सुरक्षाको सुदृढीकरण गर्न विभिन्न पहलहरू थालेका छन्’, अध्यक्ष सुवेदीले भने, ‘फेदीखोला गाउँपालिका देशकै पहिलो पालिका हो जसले शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत यस योजनालाई स्पष्ट रूपमा समेटेका छौँ ।’

अध्यक्ष सुवेदीले संघीय तलबको व्यवस्था प्राप्त ‘फूल खाने’ पदहरूमा कार्यरत शिक्षक र अन्य शिक्षकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी नयाँ योजना संघीय सरकारले कार्यान्वयनमा लैजाने नीति लिइएको बताए ।

उनले यस महत्वपूर्ण कदमका लागि सम्पूर्ण शिक्षक, विद्यालय परिवार तथा सरोकारवाला पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

वि.सं.२०८२ असार ११ बुधवार १७:४६ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खा का...

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...