back
CTIZAN AD

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

वि.सं.२०८२ असार ११ बुधवार

738 

shares

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ ।

यही असार ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिए ।

बैठकले भिजिट भिसा प्रकरणका सम्बन्धमा छानबिन गर्न नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी सात सदस्यीय उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ गठन गरेको छ ।

त्यसैगरी सरकारले उद्योग वाणिज्य प्रवद्र्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने, यही असार १५ देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने अनलकिङ वाटर एन्ड स्यानिटेशन फाइनान्सिङ थ्रु द हेड्स अफ स्टेट इनिसिएटिभ विषयक कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।

मन्त्री गुरुङका अनुसार यही असार १३ देखि २९ गतेसम्म इटालीको रोममा आयोजना हुने एफएओ सम्मेलनको ४४औँ संस्करण तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान, कर्जा असुली न्यायाधीकरणको अध्यक्ष तथा सदस्यहरूको पारिश्रमिक र सेवा सर्त तथा कार्यसञ्चालनसम्बन्धी व्यवस्था, २०८२ स्वीकृत गर्ने, यही असार १४ गते जर्मनीको बोनमा आयोजना हुने ३६औँ नेपाल डे कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ ।

बैठकले अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिने, नेपाल सेनाका दुई जना महासेनानीहरूको पदावधि थप गर्ने, एक जना सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुईजना उपरथीहरूको सरुवा गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

सरकारले यही असार ९ देखि ११ गतेसम्म जनवादी गणतन्त्र चीनको ल्हासामा आयोजना भइरहेको सिस्टर सिटिज कोअपरेशन एन्ड एक्सचेन्ज मिटिङमा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान समेत गरेको छ ।

साथै, बैठकले अवैतनिक वाणिज्यदूतसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने, राष्ट्रिय खेलकुद नीति, २०८२ स्वीकृत गर्ने, तथ्यांक प्रणाली विकासका लागि राष्ट्रिय रणनीति (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङका अनुसार निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव पदमा माहादेव पन्थको निर्वाचन आयोगको सचिव पदमा शोभाकान्त पौडेलको महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रक पदमा र डा खगेन्द्रप्रसाद सुवेदीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले प्रस्ट पारे ।

त्यस अवसरमा मन्त्री गुरुङले प्रतिपक्षी दललाई संसद् अवरोधको बाटो छाडेर संसदीय अभ्यासको सम्मान गर्न समेत आग्रह गरे । उनले कुनै व्यक्तिले गरेको गल्तीका कारण मन्त्रीलाई राजीनामा दिनुपर्ने स्थिति आए त्यसले सरकार चलायमान हुन नसक्ने र यसको मर्का जनतालाई पर्ने बताए ।

वि.सं.२०८२ असार ११ बुधवार १७:०३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...