back
CTIZAN AD

जुम्लाका स्थानीय तहले ल्याए बजेट, कुन पालिकालाई कति ?

वि.सं.२०८२ असार ११ बुधवार

1.2K 

shares

जुम्ला । जुम्लाका ८ वटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएका छन् । ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन् ।

जिल्लाको तिला गाउँपालिकाले आगामी आवका लागि रु ४७ करोड ४० लाखको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक गोरीकला बुढाका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ ।

सुलभ स्वास्थ्य सेवा विस्तार गर्न १० शय्याको अस्पताल निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले जानकारी दिइन् ।

सिंजा गाउँपालिकाले रु ४१ करोड २१ लाखको बजेट प्रस्तुत गरेको छ । बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँट तथा सङ्घ र प्रदेशबाट प्राप्त अनुदानलाई आधार बनाएर बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी बताए ।

तातोपानी गाउँपालिकाले रु ४९ करोड ४० लाखको बजेट ल्याएको छ । गुठीचौर गापाले रु ४१ करोड १० लाखको बजेट प्रस्तुत गरेको छ । हिमा गापाले रु ४९ करोड ४१ लाख बजेट ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ । कनकासुन्दरी गापाले रु ५१ करोड दुई लाख र पातारासी गापाले रु ४४ करोड ४९ लाख बजेट ल्याएको उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।

जिल्लाको एक मात्र नगरपालिका चन्दननाथले रु ६७ करोड १० लाखको बजेट प्रस्तुत गरेको नगरउपप्रमुख रामदेवी खड्काले जानकारी दिइन् । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

कम्तीमा एकपटक पालिकास्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।

पालिकाले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । सीपमूलक र व्यावहारिक शिक्षासहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनउपयोगी शिक्षा, एक वडा एक खेलकुद मैदान निर्माण, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरुको सक्रिय सहभागितालगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकताका साथ योजना ल्याएको छ । सेवा प्रवाह जनताको घरदैलोमा पु¥याउन एकीकृत घुम्ती सेवामार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा बिस्तार गर्ने योजना तिलाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

वि.सं.२०८२ असार ११ बुधवार १६:५७ मा प्रकाशित

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...