back
CTIZAN AD

हुम्लाका पाँच स्थानीय तहले ल्याए बजेट, दुई स्थानीय तह छलफलमै

वि.सं.२०८२ असार ११ बुधवार

615 

shares

अदानचुली (हुम्ला) । सबै स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने व्यवस्थाअनुसार हुम्लाका पाँच गाउँपालिकाले बजेट ल्याएका छन् ।

हुम्लाको सदमुकाम सिमकोटले रु ६४ करोड ३६ लाख ७० हजार २०३ को अनुमानित बजेट ल्याएको छ । पुँजीगततर्फ रु २४ करोड आठ लाख ६९ हजार छ भने चालुतर्फ रु ४० करोड २८ लाख एक हजार २०३ रहेको छ ।

क्षेत्रगत रुपमा ल्याएको उक्त बजेटमा आर्थिक विकासमा रु २४ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ भने सामाजिक विकासमा रु एक करोड नौ लाख ५० हजार, पुर्वाधार विकासमा रु १९ करोड ४६ लाख ६९ हजार, वन वातावरण र विपद्मा रु १७ लाख ८० हजार तथा सुशासन एवं सङ्गठनमा रु ७० लाख ३१ हजार विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।

नाम्खा गाउँपालिकाले पनि मंगलबार नै बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । उनका अनुसार पालिकाले रु ३७ करोड ६८ लाख ५० हजारको बजेट सभाबाट पारित गरेको बताए ।

यस्तै खार्पुनाथ गाउँपालिकाले रु ४७ करोड ६४ हजार ४९९ को बजेट गाउँसभाबाट पारित गरेको छ । कुल बजेटमा पुँजीगततर्फ रु १९ करोड ८१ लाख पाँच हजार २६१ रहेको छ भने चालुतर्फ रु २७ करोड ८३ लाख ६४ हजार ४४९ रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

सर्केगाड गाउँपालिकाले आगामी वर्षका लागि रु ५६ करोड ८३ लाख २९ हजार ६९२ बराबरको बजेट ल्याएकोे छ । त्यसमा चालुअन्तर्गत रु ३७ करोड ३३ लाख ७० हजार ६९२ र पुँजीगतअन्तर्गत रु १९ करोड ४९ लाख ५९ हजार विनियोजन गरिएको हो । यसमा कृषि उत्पादन वृद्धि, युवा स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताए ।

यस्तै ताँजाकोट गाउँपालिकामामा आगामी आर्थिक वर्षका लागि रु ३६ करोड १५ लाख ९२ हजार ९२५ को बजेट पेस भएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले गाउँसभामा चालुतर्फ रु १८ करोड २३ लाख ९३ हजार ९२५ र पुँजीगत रु १७ करोड ९१ लाख ९९ हजार विनियोज गरिएका पेस गरेका छन् । आज सभामा पेस गरिएको भए पनि भोलीदेखि निरन्तर गाउँसभाका सदस्यहरुको रायपश्चात् पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताईन् ।

आज सभामा पेस गरेको नीति तथा कार्यक्रम पास भएको भए पनि आगामी आवको बजेट गाउँसभामा पेस भएको बताउँदै गाउँसभामा पेस गरिएकोे अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै शिक्षामा रु दुई करोड ५० लाख, स्वास्थ्यमा रु ५० लाख र पूर्वाधार विकासमा रु दुई करोड विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।

गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा दलित बस्ती उत्थान कार्यक्रममा सात वर्षका लागि रु ३५ लाख विनियोजन गरेको छ भने स्थानीय पूर्वाधार कार्यक्रम र गाउँपालिकाको सहलगानिमा हुने कार्यक्रमका लागि रु दुई करोड दुई लाख विनियोजन गरिएको उनले बताए ।

जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिका बजेटको छलफलमै व्यस्त रहेका छन् । बजेट मङ्गलबार नै ल्याउने तयारी गरिएको भए पनि कार्यपालिकामा सहमति नजुट्दा बजेट ल्याउन नसकिएको बताइएको छ ।

वि.सं.२०८२ असार ११ बुधवार १६:५३ मा प्रकाशित

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...