back
CTIZAN AD

खुला प्रतिस्पर्धामार्फत त्रिविको उपकुलपति नियुक्त गर्न नेविसङ्घको माग

वि.सं.२०८२ असार १५ आइतवार

636 

shares

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारमा खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न माग गर्न र नगरेमा दबाबमूलक अभियान चलाउन माग गरेका हुन् ।

नेविसङ्घको अभियान र दबाबका कारण बनेको कार्यविधिलाई लत्याएर राजनीतिक भागबण्डाका आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न पनि उनले अनुरोध गरेका छन् ।

“प्राज्ञिक योग्यता, पारदर्शीता र मर्यादालाई लत्याउँदै राजनीतिक भागबण्डा र सत्ता नजिकका समूहको स्वार्थपूर्ति गर्ने नियतले पदपूर्ति प्रक्रिया अघि बढिरहेको स्पष्ट सङ्केत देखिन थालेको छ, यस्ता अभ्यासको नेविसङ्घ निन्दा गर्दछ, यस्ता बेथितिविरुद्ध विभिन्न अभियान सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ”, अध्यक्ष शेर्पाले आज जारी गरेकोे परिपत्रमा भनिएको छ ।

यसका लागि सार्वजनिक बहस, हस्ताक्षर सङ्कलन अभियानलगायत अन्य दबाबमूलक रचनात्मक कार्यक्रम गर्न पनि नेविसङ्घले मातहतका निकायलाई निर्देशन दिएको छ । दलीय भागबण्डामा नियुक्त गर्न लागिएकामा संयुक्त विरोधपत्र तयार पारेर सम्बन्धित निकायलाई बुझाइने पनि उनले बताए । यो अभियानमा अन्य सङ्गठन र स्वतन्त्र समूहसमेतलाई जोड्ने नीति पनि नेविसङ्घले लिएको जनाइएको छ ।

वि.सं.२०८२ असार १५ आइतवार १३:३७ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...