back

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

वि.सं.२०८२ असार १९ बिहीवार

279 

shares
IME Limited
NTC AD

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ ।

अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो ।

एमसिए–नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसिसीसँग निकटतापूर्वक काम गरिरहेको जनाएको छ ।

एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेका तीनवटा सबस्टेसन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ । उसले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्प्याक्ट कार्यान्वयनका लागि एमसिसीको निरन्तर साझेदारीका लागि एमसिए–नेपालले आभार प्रकट गरेको छ ।

वि.सं.२०८२ असार १९ बिहीवार ०९:३० मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खा का...

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...