back
CTIZAN AD

सुदूरपश्चिम प्रदेशः नगरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

वि.सं.२०८२ असार २० शुक्रवार

834 

shares

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टी संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गर्नुभएपछि धनगढीमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहले मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गर्नुभएको थियो । बैठकपछि संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको केन्द्रबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा आएको पत्रको आधारमा समर्थन फिर्ता लिने निर्णय गरिएको जानकारी दिनुभयो । प्रदेशसभामा चौथौ ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । सो पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेपनि शाह नेतृत्वको सरकारको पक्षमा बहुमत कायम छ ।

मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो हप्तामा पदबाट राजीनामा दिन निर्देशन दिनुभएपनि उहाँले राजीनामा दिनु भएको थिएन । सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई वेवास्ता गरिएपछि मन्त्री चौधरी पदमुक्त हुनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ जना प्रदेशसभा सदस्य छन् ।

प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र्र)सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।

वि.सं.२०८२ असार २० शुक्रवार १६:३९ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...