back
CTIZAN AD

आर्थिक वर्षको अन्त्यसँगै बौरियाे सेयर बजार, के यो अवस्था कायम रहला ?

वि.सं.२०८२ असार २० शुक्रवार

1.6K 

shares

काठमाडौं । यो साता नेप्सेमा केहि उत्साह छाएको छ । कारोबारको पहिलो दिनबाट उकालो लाग्न सुरु गरेको नेप्से पाँचै दिन उकालो लागेको देखियो । अघिल्लो साता अधिकांस कारोबार दिन नेप्से ओरालो लागेको थियो ।

साताको अन्तिम कारोबार दिन नेप्से औसतमा ६३.९५ अंकले बढ्यो । यो साता जीवन बीमा कम्पनी समूहका लगानीकर्ताहरु उत्सहित भएको देखियो भने ब्यापार कम्पनी समुहका लगानीकर्ताहरु खासै उत्साहित देखिएनन् । अघिल्लो साताको तुलनामा जीवन बीमा कम्पनी समुहको सेयर मूल्य १.६४ प्रतिशतले बढ्यो भने ब्यापार समुहको सेयर मूल्य मात्र ०.१७ प्रतिशतले बढ्यो । यसरी हेर्दा यो सता समग्रमा नेप्से ०.८२ प्रतिशतले उकालो लागेको देखिन्छ ।

 

त्यसैगरि अघिल्लो साता ओरालो लागेर २५९५.७४ बिन्दुमा खुम्चिएको परिसूचक यो साता झण्डै दुई सय अंकले उकालो लाग्दै २७०३.९६ बिन्दुमा पुगेको छ । त्यस्तै कारोबार रकमका आधारमा पनि यो साता नेप्से उत्साहपूर्ण रह्यो । यो साता नेप्सेमा करिब ३८ अर्ब ८२ करोड रुपैंयाँ बराबरको कारोबार भयो । यो रकम अघिल्लो साताको तुलनामा करिब ४ अर्ब ४१ करोडले बढी हो ।

यसरी हेर्दा यो हप्ता नेप्से उत्साहपूर्ण नै रह्यो । तर, नेप्सेको यस अगाडीको ट्रेण्ड हेर्दा त्यति उत्सहित हुनसकिने ठाउँ कम्जोर रहेको सेयर विश्लेषकहरुले बताएका छन् । अर्थिक वर्षको अन्त्य हुनै लाग्दा कतिपय लगानीकर्ताहरुले अन्यत्रैबाट पनि सेयर बजारमा अल्पकालिन लगानी गरेको हुनसक्ने तर्फ विश्लेषकहरुले संकेत गरेका छन् । यस्तो अवस्था धेरै दिन नटिक्ने उनीहरुको तर्क छ ।

वि.सं.२०८२ असार २० शुक्रवार १६:०० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...