back

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

वि.सं.२०८२ असार २२ आइतवार

585 

shares

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभेद भएको केही हप्तापछि एलोन टेस्ला र स्पेस एक्सका मालिक मस्कले शनिबार ‘अमेरिका पार्टी’ गठन गरेका हुन् सो कुराको जानकारी उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका छन् ।

उनले अमेरिकाको ‘एक दलीय प्रणाली’ लाई चुनौती दिने उद्देश्यले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’  सुरु गरेको घोषणा गरेको बताएका छन् ।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कर र खर्च कटौतीसम्बन्धी कानुन ‘बिग ब्यूटीफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसलगत्तै मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए । विवादकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको छन् ।

‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं,’ मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ, ‘तपाईंहरूले चाहनु भएको अनुसार नयाँ राजनीतिक दल हुनेछ ।’

आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पुर्‍याउने पनि मस्कले बताएका छन् ।

राष्ट्रपतिय निर्वाचन अघि नङ र मासु जस्ता रहेका ट्रम्प र मस्क बीचमा आएको सम्बन्धको दरार झनै बढ्ने अनुमान गरिएको छ ।

 

 

 

वि.सं.२०८२ असार २२ आइतवार ०८:५८ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...