back
CTIZAN AD

आज असार २६ बिहीबार : तपाईको राशिफल कस्तो छ ?

वि.सं.२०८२ असार २६ बिहीवार

1.3K 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक साधन जुटाउन लगानी गर्नुपर्ने समय छ। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईष्र्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिवश स्वतन्त्र काममा समेत उल्झन आउन सक्छ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले कार्य सम्पादन हुनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। नयाँ काम थाल्नुपर्दा केही समय पर्खनुहोला।ल्ब्द्यक्ष्ी द्यब्ल्प् ब्म्प्ग्ःब्च्क्ष् द्यब्ल्प् ब्म्

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगी बन्न सक्छन्।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम खर्चिलो बन्न सक्छ। सानो उपलब्धिका लागि ठूलो वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। सुरुमा आलस्य गर्ने बानीले काममा पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। धनको उपयोग गरी लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो काममा जग बसाउने मौका छ। आफ्नो रकम अरुले प्रयोग गर्लान्। आम्दानी वचतमा समस्या पर्न सक्छ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले प्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनेछ र प्रतिकूल परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। तर, सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ। आम्दानी भए पनि परिस्थिति खर्चिलो रहनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। खर्च लागे पनि नयाँ कामतर्फ अग्रसर हुने समय छ ।

२०८२ असार २६ गते, बिहीबार (१० जुलाई २०२५)
उपप्रा। लक्ष्मीप्रसाद बराल ९फलितज्योतिषाचार्य०

वि.सं.२०८२ असार २६ बिहीवार ०६:२० मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...