back
CTIZAN AD

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

वि.सं.२०८२ असार २७ शुक्रवार

597 

shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि पार्टीमा फर्किएको बताएकी छन् । एक टेलिभिजनसँग कुराकानीमा उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) बन्नु रहेको बताएकी हुन् ।

बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलले लिएको अन्तर्वार्तामा भण्डारीले आफूले सरकारी सेवा–सुविधा परित्याग गर्दै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको जानकारी दिइन् । ‘यो सबै गर्नका लागि तपाईँ एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधिएको प्रश्नमा भण्डारीले भनिन्, ‘हो’ ।

एमालेको राजनीतिमा सक्रिय भएकी उनले भनिन्, ‘व्यक्तिगत पदलोलुपता वा महत्वाकांक्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ ।’ भण्डारीले केही साताअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेको थिइन् । उनी एमालेको राजनीतिमा सक्रिय भएसँगै ‘भावी अध्यक्ष’का रुपमा चर्चा चलिरहेको छ ।

 

 

वि.सं.२०८२ असार २७ शुक्रवार ११:४३ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...