back
CTIZAN AD

आश्रमका लागि सधैँ साथ र सहयोग रहन्छः प्रचण्ड दाहाल

वि.सं.२०८२ असार २७ शुक्रवार

456 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

आज उनकी धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हेटौँडाको केन्द्रीय कार्यालयको उद्घाटन पनि प्रधानमन्त्रीको हैसियतमा आफैँले गरेको स्मरण गर्दै आश्रमका लागि सहयोग निरन्तर रहने उल्लेख गरे । उनले भने “मेरो र परिवारका तर्फबाट र आफ्नो दलका तर्फबाट निरन्तर तपाईंहरुको भावना र आवश्यकताप्रति इमान्दारिताका साथ सहयोग गरिरहने विश्वास पनि तपाईंहरुलाई दिलाउन चाहन्छु ।”

उनले स्व सीताको स्मृतिलाई दिगो राख्न र सबैका निम्ति प्रेरणा मिलोस् भनेर आश्रममा आएको बताए । यहाँ उनले आज आश्रितहरुलाई भोजन सेवासमेत प्रदान गरेका थिए । उनले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा आश्रमले काम गरिरहेको बताए ।

यो राष्ट्रिय रुपमा मात्रै होइन नेपाल मौलिक विशेषता भएको देशका रुपमा स्थापित हुने र विश्वभरिको ध्यान खिच्दै गएको उल्लेख गर्नुभयो । आउने दिनमा यसबाट सबैले ठूलो प्रेरणा लिने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट संस्थाको विकासमा सहयोग जारी रहने प्रतिबद्धता जनाए ।

महत्वपूर्ण ठाउँमा पुगेका व्याक्तिहरु सडकमा पुगेका तर यहाँ आएपछि नयाँ जीवन पाएका र पुरानो स्मृति फर्किएको सबै सुन्दा कथाजस्तो लाग्ने तर यो यथार्थ भएको र यो सेवाका लागि आश्रमलाई धन्यवाद दिए ।

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...