back
CTIZAN AD

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ असार २७ शुक्रवार

465 

shares

काठमाडौँ । सांसदहरूले वर्षाका कारण अवरुद्ध सडकखण्ड र क्षतिग्रस्त पुलको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको शून्य समयमा सभा सदस्यहरूले रसुवामा गएको बाढीमा बेपत्ताको तत्काल खोजी उद्धार र राहत एवं पुनःस्थापनाका लागि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा सांसदहरू सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणी कोइराला र आनन्दप्रसाद ढुङ्गानाले रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको भन्दै आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरे ।

सभा सदस्य घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको ‘सर्भर डाउन’ भयो भन्दै कम्पनी दर्ता गराउन घुस मागेका विषयमा तुरुन्त छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । “सर्भर डाउनको बहानामा अनलाइन सिस्टमलाई बन्द गराई नवीकरण र दर्ता गर्दा प्रतिशत तोकेर रकम अशुल्ने खबर सार्वजनिक भएको छ”, उनले भने, “कम्पनी दर्ता गर्न पनि घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन् ? कसरी लगानीको वातावरण बन्छ ?”

यस्तै, सांसद मनरुपा शर्माले नारायणगढ–बुटवल सडकको (बर्दघाट) दाउन्ने दुम्कीबास खण्डसँगै देशभरका विभिन्न सडक अस्तव्यवस्त भएको भन्दै ध्यानाकर्षण गराए । सांसद रेणु चन्दले अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिसकोट नगरपालिका जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन माग गरे ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले गाजा क्षेत्रको प्यालेस्टाइनी नागरिकको जीवनरक्षाका लागि सरकारको धारणा स्पष्ट गर्न माग गरे । सांसद विष्णुकुमारी सापकोटाले जिल्लास्तरीय महिला तथा बालबालिका कार्यालयको खारेजीले महिला विकास तथा सशक्तिकरणमा ध्यान पुग्न नसकेको धारणा राखे ।

वि.सं.२०८२ असार २७ शुक्रवार १४:१३ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...