back
CTIZAN AD

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

वि.सं.२०८२ असार २९ आइतवार

498 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

उनले आफूमाथि अन्याय भएको भन्दै आज आयोगको कार्यालयमा उजुरी दिएका हुन् । केहि दिनअघि मात्रै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट हटाएका थिए । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीसँग बोल्दै सुवेदीले आफुलाई सोध्दैनसोधी अनुशाासन आयोगको जिम्मेवारीबाट हटाइएको भन्दै चित्त दुखाए ।

‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपथ्र्यो । मलाई सोधिएको छैन,’ उनले भने, ‘चिठी लेखेर दिएको पनि छैन । मैले मिडियाबाट थाहा पाएँ, मलाई निकाल्नुभयो र अर्को मान्छे राख्नुभयो रे भनेर ।’

आफूलाई कारबाही गर्दा केन्द्रीय समितिबाट निर्णय नगरी अध्यक्षले स्वेच्छाचारिता प्रदर्शन गरेको सुबेदीले बताए ।

 

 

वि.सं.२०८२ असार २९ आइतवार १३:५० मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...