back
CTIZAN AD

मौद्रिक नीति सकारात्मक : सिबिफिन

वि.सं.२०८२ असार २९ आइतवार

738 

shares

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जनाएको छ।

सिबिफिनका अनुसार मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आ.व. २०८२/८३ को लागि मौद्रिक नीति जारी गरेको हो।

साथै मौद्रिक नीतिको सिबिफिनले हार्दिक स्वागत गरेको छ। लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको विद्यमान अवस्थामा निकै चासोपूर्वक रहेको सिबिफिनले जनाएको छ।

प्रतीक्षा गरिएको यस मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोवल र आत्मविश्वासलाई उकासेको सिबिफिनको भनाइ छ। साथै आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाई दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको उल्लेख गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले पूँजीकोषमा दवाब झेलिरहनु परेको अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता दिइएको सिबिफिनले जनाएको छ। साथै बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको उल्लेख छ।

निष्क्रिय÷खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने, बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र शेयर धितो मार्जिन कर्जाको सिमा वृद्धि, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयन गरिने लगायतका अन्य महत्वपूर्ण सुधारमुखी व्यवस्थाहरु र “ऋणीसँग नेपाल राष्ट्र बैंक” जस्ता चेतनामूलक एवं सेवाग्राहीमैत्री कार्यक्रमको व्यवहारिक कार्यान्वयनले आर्थिक एवं बैंकिङ क्षेत्रको दिगो विकाससहित सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने सिबिफिनले विश्वास लिएको छ।

साथै, लगानी प्रवद्र्धन तथा विस्तार, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रको विकास, युवा जनशक्तिको परिचालन तथा उपयोग, उत्पादकत्व अभिवृद्धि, नवउद्यमशिलता एवं नवप्रवर्तनको विकास, रोजगारी सृजना, नेपाली वस्तु तथा सेवाको उपभोग तथा निर्यात प्रवद्र्धन, हरित लगानी जस्ता विषयमा केन्द्रित रही, दिगो बैंकिङ विकाससहित वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुनका लागि मुलुकको धरातलीय यथार्थको अध्ययन–अनुसन्धानसहित वर्तमान आवश्यकता, औचित्यता र अपेक्षाहरुमा केन्द्रित रही सिबिफिनले बुझाएका तर जारी मौद्रिक नीतिमा समेटिन नसकेका कतिपय महत्वपूर्ण सुझावहरु आगामी निर्देशन र समीक्षामार्फत क्रमशः सम्बोधन हुँदै जाने विश्वास पनि सिबिफिनले व्यक्त गरेको छ।

मौद्रिक नीतिले अंगिकार गरेका नीतिहरुको प्रभावकारी एवं नतिजामूलक कार्यान्वयनमा सिबिफिन सदैव निकट सहयोगी बनेर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

वि.सं.२०८२ असार २९ आइतवार १८:०५ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...