back
CTIZAN AD

मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध

वि.सं.२०८२ साउन ४ आइतवार

486 

shares

पाँचथर। अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोरसहित पाँचथरका अधिकांश सडक अवरुद्ध भएका छन्।

गए रातिदेखि परेको वर्षाका कारण आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पु¥याएपछि राजमार्ग अवरुद्ध बनेको छ। हेंवा खोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बाढी डाइभर्सनभन्दा माथिबाट बगेको छ। गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि डाइभर्सनबाट सवारी साधन वारपार गर्दै आएका थिए। बाढीले डाइभर्सनमा क्षति पु¥याएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ।

बाढीले द्रुतमार्गका रुपमा रहेको तमोर करिडोर सडकलाई अवरुद्ध बनाएको छ। पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिकाको सीमामा रहेको उक्त खोलामा बाढी आएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको स्थानीय बासिन्दाले बताएका छन्। निर्माणाधीन यस सडकका अधिकांश खोला पुल निर्माण हुन बाँकी छ।

बाढीकै कारण पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड अवरुद्ध भएको छ। याङ्वरक गाउँपालिका–२ दोभानेमा रहेको डाइभर्सन मेवा खोलामा आएको बाढीले बगाउँदा सडक अवरुद्ध बनेको छ भने याङ्वरक–३ स्थित रिजाल भिरमा पहिरो झरेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।

यस्तै, पहिराका कारण भेडेटार रवि राँके सडक पनि अवरुद्ध बनेको छ। फाल्गुनन्द गाउँपालिका–५ मगरभिर र मिक्लाजुङ गाउँपालिका–४ रवि बजारमा पहिरो झरेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका–१ र ११ को सीमामा रहेको फेमे खोलामा रहेको डाइभर्सनमा पुग्ने पहुँचमार्ग बाढीले बगाएपछि उक्त सडक अवरुद्ध भएको छ। यहाँ निर्माण गरिएको डाइभर्सनमा भने क्षति नपुगेकाले बाढी घट्नासाथ सडक निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास थालिएको छ।

यस्तै, पहिरोले मेची राजमार्गको पौवा भञ्ज्याङबाट रानीटार जोड्ने सडक अवरुद्ध भएको छ। फालेलुङ गाउँपालिका–३ र ७ को सीमास्थित घुमाउनेटारमा रहेको डाइभर्सनमा पनि बाढीले क्षति पु¥याउँदा सिदिन–मेमेङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै पहिरोले मिक्लाजुङ गाउँपालिका–२ रविस्थित इलाका प्रहरी कार्यालयको ‘डिउटी पोष्ट’ भत्काएको पाँचथर प्रहरीले जनाएको छ।फाइल फोटो 

वि.सं.२०८२ साउन ४ आइतवार १३:४७ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...