back
CTIZAN AD

इन्डोनेसियामा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, करिब १५० को उद्धार

वि.सं.२०८२ साउन ४ आइतवार

753 

shares

जकार्ता । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १५० जनाको उद्धार गरिएको प्रान्तीय खोज तथा उद्धार कार्यालयका वरिष्ठ अधिकारी वेरी अरियान्तोले बताए ।

“तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनालाई सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षाकर्मीको संयुक्त उद्धार टोली र स्थानीय मछुवाहरूको डुङ्गाले उद्धार गरेको थियो,” उनले भने।

अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ। अरियान्तोका अनुसार दुई पानीजहाज, केही डुङ्गाहरू उद्धारका लागि तैनाथ गरिएको छ।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायको आपतकालिन टोलीका प्रमुख डानी रेपीका अनुसार स्थानीय समयअनुसार दिउँसो १ ः०० बजे सुलाबेसी प्रान्तको राजधानी मनाडोको पानीमा यात्रा गर्ने क्रममा ‘केएम बार्सिलोना फाइभ’ नामक जहाजमा आगलागी भएको हो।

जहाजमा करिब २८० जना सवार रहेको उनले बताए ।(रासस/सिन्ह्वा)

वि.सं.२०८२ साउन ४ आइतवार १७:१८ मा प्रकाशित

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...