काठमाडौँ । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ ।
कम्पनीले प्रकाशन गरको सूचना अनुसार ७ लाख ४ हजार १११ कित्तामा ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर लकइनमा रहेको छ । यो लकइन अवधि पनि यही साउन ८ गते सकिनेछ ।
कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो । यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा साउन १३ गतेदेखि साउन २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय पाइनेछ ।साथै मुक्तिनाथ विकास बैंक लिमिटेड, शाखा कार्यालयहरुः ठिमी भक्तपुर, कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ़, चिप्लेढुङ्गा–पोखरा, वाग्लुङ, बुटवल, घोराही दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर बाट पनि फम बुझाउन सकिन्छ ।
यसमा कम्पनीको संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था सबैले आवेदन दिन सक्नेछन्।
वि.सं.२०८२ साउन ५ सोमवार १२:५६ मा प्रकाशित




























