काठमाडौँ । पर्वतमा आठ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
बिहादी गाउँपालिका–६ चर्काङ बस्ने ६४ वर्षीय भुवान्नद तिवारी बालिका बलत्कारको आरोपमा आइतबार दिउँसो पक्राउ परेका हुन् ।
भुवानन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सेतीवेणीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै पाल्पाको रामपुर नगरपालिका–७ बस्ने ५२ वर्षीय खुम बहादुर क्षेत्री पनि जबरजस्ती करणी गरेको अरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले क्षेत्रीलाई शुक्रबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८२ साउन ६ मंगलवार १२:३२ मा प्रकाशित






























