back
CTIZAN AD

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

वि.सं.२०८२ साउन १२ सोमवार

576 

shares

मुस्ताङ । आर्थिक वर्ष २०८१–८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी पर्यटकबाट नेपाल सरकारले रु २९ करोड ११ लाख ११ हजार राजस्व संकलन गरेको छ ।

त्यहाँ चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेबापत नेपाल सरकार अध्यागमन विभागले उक्त राजस्व संकलन गर्न सफल भएको हो ।

सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेका कारण उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकले उच्चस्तरको पर्यटकका रूपमा प्रवेशाज्ञा अनुमति लिनुपर्ने प्रावधान छ । त्यहाँ जाने विदेशी पर्यटकलाई अध्यागमनले विभागले १० दिनको प्रवेशाज्ञा अनुमति पत्र स्वरूप पाँच सय डलर शुल्क उठाउने गरिएको छ । त्यहाँ अनुमति बेगर जाने विदेशी पर्यटकहरू अवैध रूपमा प्रवेश गरिएको मानिन्छ ।

सरकारलाई त्यहाँ तोकिएको शुल्क बुझाएर अनुमति लिई जाने विदेशी पर्यटकलाई १० दिन कटेपछि थप दैनिक ५० डलर अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले गत वर्ष त्यहाँ पुगेका विदेशी पर्यटकबाट २१ लाख नौ हजार पाँच सय अमेरिकन डलर राजश्व संकलन गरेको हो ।

यहाँको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा घोषणा गरेकाले उपल्लो मुस्ताङमा एकदमै न्यून विदेशी पर्यटकहरू मात्रै पुग्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०८१–८२ को बाह्र महिनाको अवधिमा ७३ राष्ट्रका कूल चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।

उपल्लो मुस्ताङमा उक्त सङ्ख्यामा विदेशी पर्यटक भित्रिदा चार सय ३६ जना फ्रान्सेली पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यो सङ्ख्या कूल विदेशी पर्यटक सङ्ख्याको (१०.३३) प्रतिशत हो । यसै गरी सोही वर्ष सबैभन्दा कम १२ राष्ट्रका एक–एक जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ ।

एक्याप लोमान्थाङको तथ्याङ्कअनुसार आव २०८०–०८१ मा ७१ राष्ट्रका तीन हजार ४४३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसबेला उपल्लो मुस्ताङ भित्रिने कुल विदेशी पर्यटक सङ्ख्यामध्ये ३९९ जना फ्रान्सेली पर्यटक थिए । यो सङ्ख्या कुल पर्यटकको (११.५८) प्रतिशत हो । यसै गरी सोही वर्ष सबैभन्दा कम ७ राष्ट्रका एक–एक जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङको तथ्यांकमा उल्लेख छ ।

चालु आवको साउनदेखि ११ गतेसम्ममा १५ राष्ट्रका ६६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बेल्जियमका १३ जना र सबैभन्दा कम लक्जेम्बरका एक जना विदेशी पर्यटक छन् । आव २०८१–८२ को साउनदेखि असार महिनासम्म कूल एक लाख ५० हजार चार सय ५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ भित्रिएका विदेशी पर्यटक सङ्ख्याको तुलनामा (२.८०) प्रतिशत मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएको तथ्यांकले देखाउँछ ।

आव २०८०–८१ को तुलनामा आव २०८१र८२ मा (१८.३९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । त्यहाँ निषेधित क्षत्रे कायम रहँदा उपल्लो मुस्ताङको पर्यटन व्यवसाय धरासयी भएको भन्दै उपल्लो मुस्ताङका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरू असन्तुष्ट छन् । त्यहाँ कायम गरिएको निषेधित क्षेत्र खुला गर्न माग राख्दै पटक–पटक सरकारको ध्यानाकर्षण गर्ने गरिएको छ ।

वि.सं.२०८२ साउन १२ सोमवार १६:१४ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...