back
CTIZAN AD

जेल बसेर फर्केका पुरुषले गरे बालिकाको हत्या, दुई गम्भीर घाइते

वि.सं.२०८२ साउन १३ मंगलवार

1.8K 

shares

काठमाडौं । जनकपुरमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षीया बालिकाको मृत्यु भएको छ । गएराति जनकपुर–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षकी अञ्जलीकुमारी यादवको मृत्यु भएको हो ।

सोमबार राति करिब साढे ११ बजे धारिलो खुकुरी प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए ।

त्यस्तै खुकुरी प्रहारबाट अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । खुकुरी प्रहारबाट आशाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । घाइते दुबै जनाको जनकपुर प्रादेशिक अस्पतालमा उपचाार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि साह फरार छन् । उनी आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय काटिसकेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८२ साउन १३ मंगलवार ११:१५ मा प्रकाशित

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...