काठमाडौँ । नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनी सूचना प्रकाशन गरी कर्मचारीको माग गरेको हो ।
कम्पनीलेकेही सङ्ख्यमा प्रदेश प्रमुख, मार्केटिङ कर्मचारी, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर, एसिस्टेन्ट म्यानेजर, सिनियर अफिस एसिस्टेन्ट, डेपुटी सिनियर अफिस एसिस्टेन्ट, अफिस एसिस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।
प्रदेश प्रमुखका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र बैंकिङ/बीमा वा मार्केटिङ क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको उम्मेदवारले मात्र आवेदन दिन सक्नेछन् । अन्य पदका लागि सूचनामा उल्लेख गरिएको अनुभव चाहिने छ ।
कम्पनीले योग्यता इच्छुक उम्मेदवारहरूलाई ७ दिनभित्र दरखास्त दिने अनुरोध गरेको छ । दरखास्त दिने क्रममा दुई प्रति पासपोर्ट साइज फोटो, शैक्षिक तथा अनुभव प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि संलग्न गरी इमेलमार्फत पठाउन भनिएको छ।

वि.सं.२०८२ साउन १३ मंगलवार १४:०८ मा प्रकाशित






























