back
CTIZAN AD

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको च्याउखेती

वि.सं.२०८२ साउन १८ आइतवार

2K 

shares

नेपालगञ्ज । भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा च्याउखेती गरेका हुन् ।

धनगढीका ३२ वर्षीय बस्नेतले कृषिजन्य वस्तु भारतबाट आउने तर गुणस्तरीय नभने, नेपालमा आउने च्याउ रसायनयुक्त हुने भएकाले अर्गानिक उत्पादनमा केन्द्रित भएको बताए । “भारतबाट पढाइ सकेर आएपछि मलाई विदेश जाने दबाब थियो, तर कृषिमा नयाँ केही गर्नुपर्छ भन्ने सोचले च्याउखेतीप्रति आर्कषण बढ्यो । विभिन्न अध्ययन, अनुसन्धानअनुसार च्याउखेतीमा सम्भावना देखेकाले आधुनिक प्रविधि अपनाएको हुँ”, उनले भने ।

किसान बस्नेतले नेपालका सबै होटेलमा च्याउ चीनबाट आएको अध्ययनले देखाएको जनाउँदै यसमा रसायनको प्रयोग बढी हुने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने धारणा राखे । “आफ्नै देशमा केही गरौँ भनेर गाभर भ्यालीलाई छनोट गरी आधुनिक प्रविधिमा च्याउखेती सुरु गरेको छु”, उनले भने ।

आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आएका बस्नेतले गौमूत्रसहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्छन् । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उनले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिए ।

लाइन्समेन मसरुमको बजारीकरणका लागि युरोप र युकेका सहरमा कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले बेमौसमी अवस्थामा पनि प्रतिदिन करिब २०० देखि २५० किलोसम्म र मौसममा प्रतिदिन ४०० किलोम्म च्याउको उत्पादन हुने बताए।

“लाइन्समेन च्याउको क्याप्सुल बनाएर बाहिर पठाउछौँ, बस्नेतले भने, “उत्पादित च्याउ हवाई जहाजमार्फत काठमाडौँ जाने गरेको छ । साथै दाङ, सुर्खेत, बुटवल, धनगढीका भाटभटेनी पसलमा सजिलै पाइन्छ । च्याउका लागि तापक्रम महत्त्वपूर्ण विषय हो । यसलाई १८ देखि २० डिग्री चिसो तापक्रम चाहिन्छ ।” सबै मिलाएर ५० टनको एसी प्रयोग भएको जानकारी दिँदै उहाँले यस बाहेक आद्रता व्यवस्थापन गर्न उपकरणको प्रयोग भएको बताए ।

अहिलेसम्म रु पाँच करोड लगानी भएको च्याउखेतीमा भारतबाट अवैध रूपमा आउने च्याउ बजारीकरणको प्रमुख चुनौतीका रूपमा रहेको बस्नेतले बताए । “भन्सार छलरे आउने च्याउले हाम्रो बजाीकरणमा ठूलो समस्या आएको छ, यसले हामीजस्ता किसानलाई नोक्सान पु¥याइरहेको छ”, उनले भने ।

करिब एक बिघा जमिन निजी र एक बिघा बीस वर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेको बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधारका काम आफ्नो जमिनमा निर्माण भएका भन्दै फार्मका लागि छ जना स्थायी जनशक्ति राखिएको उनले बताए ।

फार्मको कम्पोष्ट मल उत्पादनमा रु एक करोड मात्र लगानी भएको उल्लेख गर्दै कम्पोट मलको कच्चापदार्थ महाकालीबाट ल्याउने गरेको जानकारी दिए । उनले नेपालमा पाइने जडीबुटीयुक्त च्याउको उत्पादन गरेर त्यसको क्याप्सुल र पाउडर बनाएर विदेश निर्यात गर्ने नयाँ सोच रहेको बताए । “यसका लागि मैले काम सुरु गरिरहेको छु अब कम्तीमा छ महिना लाग्ला”, उनले भने ।

आफूले कमाएको रकम कम्पनीमा लगानी गरेको जानकारी दिँदै बस्नेतले आफूसँगै अन्य दुईजना युवाकोसमेत सो फार्ममा लगानी रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बाँकेबाट बस्नेतले अहिलेसम्म करिब रु १६ लाख अनुदान पाएका छन् । च्याउ खेतीमा प्रयोग हुने उपकरण नेपालमा गुणस्तरिय नभएको भन्दै सबै उपकरण भारतबाट ल्याएको उनको भनाइ छ । उत्पादन भएको च्याउ रु २०० देखि रु दुई सय ५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले च्याउखेतीमा युवा किसानले गरेको काम अनुकरणीय भएको उल्लेख गर्दै जिल्लाका केही किसानले सानो अनुदान सहयोगमा पनि ठूलो उपलब्धि हासिल गरेका बताए। जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्कीले लोभलाग्दो च्याउखेती भएको उल्लेख गर्दै किसानले देशभित्रै मेहनत गरे विदेश धाउन नपर्ने बताए । फाईल फोटो

वि.सं.२०८२ साउन १८ आइतवार १६:५७ मा प्रकाशित

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...