back
CTIZAN AD

पर्वतमा रविको पक्षमा हस्ताक्षर गराउँदै हिडेका तीन जना युवा कुटिए

वि.सं.२०८२ साउन १८ आइतवार

9.5K 

shares

पर्वत । पर्वतको विहादी गाउँपालिकामा रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर गराउँदै हिँडेका तीन जना युवाहरु कुटपिटमा परेका छन् । आइतबार राति विहादी गाउँपालिका–४, हस्पिटलडाँडामा एमाले निकट मानिने युवाको समुहले उनीहरुलाई निर्घात कुटपिट गरेको आरोप छ ।

कुटपिटमा पर्नेहरु मध्ये बिमल परियार, रजिन परियार, नेत्र भुसाल रहेका छन् । घाईते बिमलको टाउकोमा तीन, देब्रे आँखामा दुई, ओँठमा दुई वटा टाँका लगाएको छ । अर्का घाईते रजिनको टाउकोमा दुई वटा टाँका लगाएको छ भने हातमा चोट चोट लागेको छ । नेत्र भुसाल भने सामान्य घाइते भएका छन् । घाईतेहरुको जिम्माा अहिले सम्म कसैले गरेको छैन । उनीहरु पीडित आफ्नै खर्चमा उपचार गराइरहेका छन् ।

घाइतेहरुको हुवास स्थित मञ्जली मेडिकलमा उपचार भइरहेको छ । बढी चोट लागेका बिमल थप उपचारको लागि बुटवल जाँदै छन् । बिमलले आफूसँग थप उपचार गर्ने पैसा समेत नभएको बताए । रास्वपाा विहादी गाउँपालिकाका सभापति शुसिल गिरीले पीडितको न्याय र दोषीलाई कारबाहीको दायरामा ल्याउन आफूहरुले घटनाको सन्दर्भमा प्रहरीमा उजुरी दिएको बताए ।

‘हामी रविमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर कार्यक्रम गरेर बाटोमा फर्कँदै थियौँ, लिङ्सीङका दुर्गा भुसालदाईसहित तीन जना बाइकबाट ओर्लिएर घण्टी पार्टीमा किन गएको भन्दै हामीलाई हेलमेटैहेलमेटले हाने’, बिमलले भने, ‘चुपचाप आफ्नो बाटोममा हिँडेका हामीहरुलाई जाँडको तालमा हानियो । हामीमाथि अन्याय भयो ।’

उनले कुटपिटमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखे । बिमलले आफूहरुले लगाएको रास्वपाको घण्टी अंकित निलो रङ्गको टिसर्ट जबरजस्ती खोली जलाउने प्रयास समेत भरेको बताए ।

 

 

वि.सं.२०८२ साउन १८ आइतवार १७:४९ मा प्रकाशित

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...