back

ब्राजिलका प्रमुख शहरहरूमा अमेरिकी निर्णयको विरोधमा प्रदर्शन

वि.सं.२०८२ साउन १९ सोमवार

1.5K 

shares

ब्रासिलिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि लगाएको भन्सार शुल्क वृद्धि र प्रतिबन्धको सन्दर्भमा, ब्राजिलका विभिन्न शहरहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू सुरु भएका छन्।

प्रदर्शनकारीहरूले ’संप्रभुता सम्झौताको विषय होइन’ भन्ने शान्तिपूर्ण नारासहित ब्राजिलस्थित अमेरिकी दूतावास तथा प्रमुख शहरहरूमा रहेका अमेरिकी वाणिज्य दूतावासहरू अगाडि भेला भई आफ्नो असन्तोष व्यक्त गरेका छन्। उनीहरूले भन्सारलाई राजनीतिक दबाबको उपकरणका रूपमा प्रयोग गर्दै ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरिएको आरोप लगाएका छन्।

बुधवार, अमेरिकी सरकारले ब्राजिलबाट अमेरिका निर्यात हुने वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय सार्वजनिक गरेको थियो। यसका साथै, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्द्र डि मोराइसमाथि पनि प्रतिबन्ध लगाउने घोषणा गरिएको छ। न्यायाधीश डि मोराइस हाल पूर्व राष्ट्रपति जाएर बोल्सोनारोविरुद्धको मुद्दाको निगरानी गरिरहनु भएका छन्। उक्त मुद्दामा बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति निर्वाचनमा पराजयपछि सत्ता हात पार्न खोजेको आरोप लागेको छ।

यस निर्णयपश्चात राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी नीतिको स्पष्ट विरोध जनाउँदै यसलाई ब्राजिलको आन्तरिक मामिलामा अवाञ्छित हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् उनले राष्ट्रिय हित र न्यायिक प्रक्रियाको सम्मान गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

राष्ट्रपति लुलाले भने, “हाम्रो देशको निर्णय प्रक्रिया पूर्ण रूपमा स्वाधीन र संवैधानिक हो। ब्राजिल कुनै पनि प्रकारको बाह्य दबाब वा प्रभावमा चल्न सक्दैन। हामीले समानताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनु आवश्यक छ।”(रासस/सिन्ह्वा)

 

वि.सं.२०८२ साउन १९ सोमवार १९:०२ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक...

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

ढाका।   बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकको...

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

स्टकहोम । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र...