back
CTIZAN AD

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

वि.सं.२०८२ साउन २१ बुधवार

630 

shares

फुङ्लिङ (ताप्लेजुङ) । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो ।

ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी फूल तथा पोखरीहरूको अवलोकनका लागि लादेन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

यस क्षेत्रमा प्रत्येक वर्ष जडीबुटी सङ्कलन गर्ने मिलन लिम्बूका अनुसार हरियाली घाँसेमैदानमा रहेको लामपोखरी यस क्षेत्रकै ठूलो पोखरी हो । यहाँका पोखरी हेर्दा अरुको तुलनामा लामपोखरी ठूलो देखिए पनि यस पोखरीको अध्ययन, अनुसन्धान कुनै निकाय गरेको छैन । यो पोखरीसँग धेरै किंवदन्ती कथासँग जोडिएको मिक्वाखोला गाउँपालिका–५ का वडा सदस्य तथा स्थानीय तोप्ला शेर्पाले बताए । यस पोखरीलाई त्यहाँको स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी भन्ने गरेको शेर्पाले बताए । यहाँ पुग्ने जोकोहीलाई यस पोखरीले लोभयाउने गर्छ ।

शेर्पा समुदायका अनुसार पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरीको वरिपरि हरियाली दृश्यले यो क्षेत्र झनै सुन्दर देखिन्छ । मिक्वाखोला–५ सिम्बुकका पान्दे शेर्पाका अनुसार पोखरी अवलोकन गर्न आउने पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिने र तस्बिर कैद गरेर फर्कने गरेका छन् ।

यस क्षेत्रको प्रवद्र्र्धनका लागि सरोकारवालाले अहिलेसम्म खासै योजना बनाएको देखिँदैन । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकलाई लेक लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको स्थानीय बताउँछन् । यो क्षेत्र अवलोकन गर्न एक साता लाग्छ । मानव बस्ती नभएकाले बस्नका लागि याकगोठ र भेडीगोठको भर पर्नुपर्ने मिक्वाखोला–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । केही ठाउँमा भने यहाँका समुदायले आफ्ना आफन्तको सम्झनामा धर्मशाला पाटी बनाएका छन् । आवश्यक पर्ने खाद्य सामग्रीसमेत आफैँले जोहो गरेर लैजानु पर्छ ।

पछिल्लो समयमा गाउँपालिकाले यस क्षेत्रको प्रवद्र्धनमा चासो देखाउन थालेको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको प्रचारप्रसार गर्न बजेट विनियोजन गरिएको उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटक यहाँ पुग्न थालेका छन् । रासस

वि.सं.२०८२ साउन २१ बुधवार १०:३८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...