back
CTIZAN AD

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

वि.सं.२०८२ साउन २१ बुधवार

735 

shares

काठमाडौँ । मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगर्त नेपाल प्रहरीलाई १६ विटको सेल्फवेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु हस्तान्त्रण गरेको छ ।

मंगलवार काठमाडौंको रानीपोखरी स्थित, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमकाबिच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महावनरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा उद्दार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामग्रीमा रवर रोबटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् ।

मनसुनको समयमा बाढी, डुवान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले बैंकको सहयोगले प्रहरीको कार्यदक्षतामा टेवा पुग्ने बैंकले अपेक्षा राखेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आएको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रवतिद्धता झल्काउने विश्वाश बैंकको छ ।

बैंकका हाल देशभरी २०२ शाखा, १८७ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरु छन् भने उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०८२ साउन २१ बुधवार १०:४९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...