back
CTIZAN AD

मध्यवर्ती क्षेत्रकामा बसोवास गर्नेहरुको जग्गा नापजाँच देवचुलीको अनुरोध

वि.सं.२०८२ साउन २२ बिहीवार

1.2K 

shares

नवलपुर । देवचुली नगरपालिका नवलपुर अन्तरर्गत मध्यवर्ती क्षेत्र अन्तरगतका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच गर्न अनुरोध गरेको छ ।

ननगरपालिकाले त्यहाँ बसोवास गर्नेहरुको जग्गा नापजाँच लगायतका व्यापार, व्यवसाय, उद्योग, कलाकारखाना स्थापना तथा संचालन, विकास निर्माण समबन्धी कार्यमा झन्झटिलो प्रक्रिया र अवरोध सृजना हुन गएको भन्दै आम नागरिकको जीविकोपार्जनमा समेत समस्या रहेको चितवन राष्ट्रिय निकुञ्जलाई जानकारी गराएकाो छ ।

नगरप्रमुख हरिप्रसाद न्यौपानलेले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई पत्र नै लेखेर उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको मध्यवर्ती क्षेत्रबाट हटाइनु पर्ने भन्ने माग दिनानुदिन आई रहेको भन्दै मध्यवर्ती क्षेत्र नियमावली २०५२ अनुसार सिमाइन भएको मध्यवर्ती क्षेत्रलाई संशोधन गरी नारायणी किनार संगै मानव बस्ती देखि दक्षिण तर्फ मात्र क्षेत्र कायम हुने गरी पुनः सिमाङ्कन गर्न अनुरोध गरेका छन् ।

पत्रमा सिमा निर्धारण संशोधन नभए सम्मका लागि यस नगरपालिका क्षेत्र भित्रका मध्यवर्ती उपभोक्ता समितिका निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु स्थागन गर्नका लागि नगर कार्यपालिकाको निर्णयानुसार अनुरोध समेत गरिएको छ ।

 

वि.सं.२०८२ साउन २२ बिहीवार ११:१६ मा प्रकाशित

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...