back
CTIZAN AD

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियान घोषणा, साथमा अत्यधिक बचतको अवसर

वि.सं.२०८२ साउन २३ शुक्रवार

1.6K 

shares

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हे¥यैको घोषणा गरेको छ । श्रावण २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँ बराबरको भौचर लगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नुहुनेछ ।

डिल्स हेरेको हे¥य, अभियानको एक प्रमुख आकर्षणका रुपमा रहने फ्ल्याश सेलमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन लगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू अत्यन्तै न्यून मूल्यमा उपलब्ध हुनेछन् । यसरी उपलब्ध गरिएका अफरहरू दैनिकरुपमा नविकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शनमा नियमित अवलोकन गर्न दराजले अनुरोध गरेको छ । डिल्स हेरेको हे¥यै, भन्ने नाराका साथ यस पटकको सेलले नेपाली उपभोक्तालाई नयाँ उमंग र अप्रत्याशित अफरको स्वाद दिलाउनेमा कम्पनी विश्वस्त रहेको छ ।

दराजले आदर्णिय ग्राहकहरूको भरोसा जित्ने उद्देश्यका साथ बेस्ट प्राइस ग्यारेन्टि (बीजीपी) कार्यक्रम पनि यस अभियानमा समावेश गरेको छ । यस योजना अन्तर्गत, यदि ग्राहकले कुनै उत्पादन नेपालभित्रका अन्य अनलाइन प्लेटफर्महरूमा यसमा प्रस्तुत गरिको मूल्यका तुलनामा अझ सस्तो मूल्यमा पाउँछन् र लागु गरिएका सर्तहरू पूरा भएमा उत्पादनको मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यो पारदर्शिता र प्रतिबद्धता दराजको ग्राहक–केन्द्रित सेवाका लागि एक प्रखर उदाहरण हो ।

८.८ सेलको अर्को प्रमुख सुविधाका रुपमा छानिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी सुविधा पनि रहेको छ । ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नु हुनेछ । यसका लागि भौचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी सम्बन्धित पेजमा गएर संकलन गर्न सकिनेछ ।

स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावट लगायतका उत्पादनहरूमा उपलब्ध अफरहरूले यो सेललाई विविधता र मूल्य–दुबैका हिसाबले अतुलनीय बनाएको छ । ग्राहकहरूले यस अवसरमा आफ्नो रोजाइका सामानहरूमा मात्र नभई अत्यावश्यक सामग्रीहरूमा पनि उल्लेखनीय बचत गर्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

दराजको ८.८ डिल्स हेरेको हे¥यै, अभियान केवल अफर र छुटमा सिमित छैन । यो उत्कृष्ट सेवा, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीका माध्यमबाट सम्पूर्ण किनमेल अनुभवलाई अझ समृद्ध बनाउने प्रयत्न हो । नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धताले यो सेललाई विशेष बनाएको कम्पनीको भनाइ छ ।

वि.सं.२०८२ साउन २३ शुक्रवार १२:२१ मा प्रकाशित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...