back

गण्डकीमा ४ हजार किशोरी आमा

वि.सं.२०८२ साउन २३ शुक्रवार

1.2K 

shares

गण्डकी । कानूनले २० वर्ष नपुगी विवाह गर्न बर्जित गरेको छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। तर न्यूनीकरण भने हुनसकेको छैन। सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ। यो प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन्।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ। यो अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ। कास्कीमा १० हजार ८९५ जना सुत्केरी हुँदा एक हजार ३६८ जना २० वर्षमुनिका किशोरी छन्। यो अवधिमा सबैभन्दा कम मनाङमा सुत्केरी भएका छन्। यस जिल्लामा १५ जना सुत्केरी हुँदा एक २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा कुल २१ हजार १२७ सुत्केरी भएकामा २० वर्षमुनिका दुई हजार २७४ किशोरी छन् भने २० वर्षमाथिका १८ हजार ८५३ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। आव २०८१र८२ कुल १८ हजार दुई जना सुत्केरी भएकामा २० वर्षमुनिका एक हजार ९८१ जना किशोरी छन्। २० वर्षमाथिका १६ हजार २१ जना छन्।

पछिल्लो दुई वर्षमा बागलुङमा चार हजार छ ४२ जना सुत्केरी भएका छन्, जसमा २० वर्षमुनिका ६६९ जना किशोरी छन्। पर्वतमा कुल एक हजार १५५ जना सुत्केरी भएकामा १९१ किशोरी छन्। म्याग्दीमा एक हजार ४१८ जना सुत्केरी भएकामा दुई सय ९३ जना २० वर्षमुनिका किशोरी छन् । मुस्ताङमा ९० जना सुत्केरी भएकामा छ जना २० वर्षमुनिका छन्।

त्यसैगरी, स्याङ्जामा एक हजार ८८७ जना सुत्केरी भएकामा २४२ जना २० वर्षमुनिका किशोरी छन् । तनहुँमा दुई हजार ५८ जना सुत्केरी हुँदा ३४३ जना २० वर्षमुनिका किशोरी रहेका छन् । लमजुङमा दुई हजार १६१ जना सुत्केरी भएकामा २० वर्षमुनिका २३५ किशोरी छन् । गोरखामा तीन हजार २३ जना सुत्केरी भएकामा ४०१ जना २० वर्षमुनिका किशोरी छन् । नवलपुरमा दुई हजार ६५८ जना सुत्केरी भएकामा ५०६ जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बालविवाह रोक्नका लागि सरकारले सबै स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। कानुनले नै बालविवाहलाई बर्जित गरेको हुँदा यस्तो गराउनेलाई कानूनी दायरामा ल्याउने काम गरेको उनले बताए।

प्रदेश सरकारले बालबालिकालाई स्वास्थ्य सचेतना र बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम निरन्तर गरिरहेको उनको दाबी छ। विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेको उनले बताए।

धवलागिरि प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा।विजय ओझाले २० वर्ष उमेर नपुग्दै बच्चा जन्माउँदा किशोरीहरूको शरीर पूर्णरूपमा विकास नभएकाले गर्भ धान्न गाह्रो हुने बताए। सुत्केरी हुने समयमा शारीरिक बनावट पर्याप्त नहुँदा शल्यक्रिया गर्नुपर्ने सम्भावना बढी हुने उनले बताए। बच्चा जन्माउँदा अत्यधिक रक्तश्राव हुने खतरा बढी हुन्छ।

नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ ले उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ । साथै कसुर गर्ने जोकोही व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ। रासस

 

वि.सं.२०८२ साउन २३ शुक्रवार १२:५१ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...