back
CTIZAN AD

भारतकाे उत्तराखण्ड बाढीमा ७ नेपालीको मृत्यु

वि.सं.२०८२ साउन २३ शुक्रवार

1.2K 

shares

काठमाडौं । भारतको उत्तराखण्डमा बादल फाट्दा आएको भीषण बाढी र पहिरोमा परि ७ जना नेपालीको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका–२, डोब्री पिपलधाराका एकै परिवारका ५ जना, जुम्लाका १ र रुकुम पश्चिमका १ जना गरि ७ नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रबिन सिंह र ३५ वर्षीय निमबहादुर सिंह रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

यस्तै जुम्लाको तातोपानी गाउँपालिका कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक जनाको पनि सोही घटनामा मृत्यु भएको छ । नाम नखुलेका व्यक्ति मृतक मानबहादुरका ज्वाइ रहेकाे बस्नेतले बताए ।

घटनामा ज्यान गुमाएका मानबहादुर सिंहका छोरा नवीन सिंह उक्त घटनामा बाँच्न सफल भएका छन् । गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार बाँच्न सफल नवीनले आफन्तलाई खबर गरेपछि उनीहरूकाे मृत्युबारे यकिन भएको हो ।

वि.सं.२०८२ साउन २३ शुक्रवार १४:५१ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...