back

सुसेली

वि.सं.२०८२ साउन २४ शनिवार

2.1K 

shares

तिला लेकाली, बेलबारी, मोरङ

१.
पाखा कान्लामा
गरौँ देश बिकास
मिली सल्लामा ।

२.
नेपाली माटो
दाजुभाइ माझमा
नगरौं फाटो ।

३.
बारीको कान्लो
रोजगारी पाउछौ
लगाऊ अल्लो।

४.
गणतन्त्रमा
नेपालको विकास
खोजौ यन्त्रमा।

५.
बारीको पाटो
कम्जोर छैन लै लै
नेपाली माटो।

६.
भेडिको पाठो
विश्व हल्लाउने लै
नेपाली बाठो।

७.
नेपाली पन
छोड्नु हुदैन लै लै
भन्छ यो मन।

८.
खोला बगर
ल्याऊ छिटो योजना
युद्ध नगर।

९.
कुडेको दूध
दाजु आफै नपोख
यी कुरा बुझ ।

१०.
मदानी नेति
कोही देश बिगार्ने
नगर खेती।

वि.सं.२०८२ साउन २४ शनिवार ०९:२६ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...