back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ साउन २४ शनिवार

2.5K 

shares

कृष्णकुमार वैद्य,बनेपा -९,काभ्रे

१.
गुनको बदला गुन
मुखले भनेको जस्तो
सकिन्न रहेछ हुन ।

२.
कुरो खेल्छ मनभित्र
विनानियमको यो खेल
कस्तो रहेछ विचित्र ।

३.
भतभती पोल्छ मन
कसरी निभाउने होला
हृदयभित्रको यो जलन ?

४.
सुगन्ध रोज्नू फूलको
फूलजस्तो साथी चाहिएमा
मानिस रोज्नू कुलको ।

५.
कसरी भनूँ गुनिलो ?
आफ्नै नेत्रको अश्रु
हुन्छ, सदा नुनिलो ।

६.
धैर्यता राखी जिउनु
प्यास लाग्यो भनेर
हुँदैन जहर पिउनु ।

७.
जुनी यो एकबारको
बोक्राको भन्दा पनि
महत्त्व हुन्छ सारको ।

८.
भयो पुसको आधा
बादलले नछेके घाम
हुँदैन पटक्कै बाधा ।

९.
छैन सहयोगी हात
कसरी काट्ने होला
यस्तो पालमुनी रात ?

१०.
दुधको साक्षी बिरालो
यस्तो दुस्साहस गरेमा
आफैँ लाग्छ भिरालो ।

वि.सं.२०८२ साउन २४ शनिवार ०९:२४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...