back
CTIZAN AD

चारु

वि.सं.२०८२ मंसिर १३ शनिवार

1.1K 

shares

तेजप्रसाद खनाल
लमही, दाङ

तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्
अझै आपसमा अव्यक्त यावत कुरा छन्

जिन्दगीमा मलम लगाऊँ भन्ने चाहना
तर समाजमा धेरै अनाथ टुहुरा छन्

राज्यले दायित्व निभाउनुपर्ने हो तर
शासन चलाउनेका वाणी क्रुर छुरा छन्

न्याय समानताका कुरा जति गरे पनि
पछाडि परेका अल्पसंख्यक ती दुरा छन्

देश र जनताका कुरा गर्ने मान्छेहरु
आफ्नै झोली भर्न व्यस्त कथित चतुरा छन्।

अक्षर सङ्ख्या : १५
आदि अनुप्रास : उरा
अत्यानुप्रास : छन्

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:२८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...