back
CTIZAN AD

ढोरपाटन सिकार आरक्ष क्षेत्रमा घोडा सफारी फस्टाउन थाल्यो

वि.सं.२०८२ साउन २४ शनिवार

3.2K 

shares

गलकोट, बागलुङ । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ ।

ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन् । ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ ।

घोडा पालेरै घर खर्च धान्दै आउनुभएका ढोरपाटन नगरपालिका–९ निवासी अनिस विकले पर्यटक बढेपछि दिनमै रु तीन हजारभन्दा माथि आम्दानी गर्दै आएको बताए । “पहिले त मुस्किलले दिनमा रु एक हजार हुन्थ्यो, अहिले रु तीन हजारसम्म आम्दानी भइरहेको छ, ढोरपाटनमा फुलेका बुकी फुलमा घोडा चढ्ने बढेका छन् ।”

उनका अनुसार ढोरपाटनमा पछिल्लो समय पर्यटक उल्लेख्य रुपमा बढेका छन् । “ढोरपाटनमा आएका पर्यटकहरु घोडा नचढ्ने कुरै हुँदैन, घोडा चढेको फोटो र टिकटक मैले नै खिचिदन्छु, पर्यटकहरु खुसी भए अझ धेरै रकम खन्छ्न्”ि, विकले भने, “एक पटक घोडामा चढेर फोटो तथा भिडियो बनाएको दुई सय लिन्छु, ढोर बराही दर्शन गरेको रु पाँच सय र बुकी पुगेको तीन हजारसम्म लिने गरेको छु, सबैभन्दा बढी पर्यटक घोडा चढेर ढोरपाटन उपत्यकाको फूलमा फोटो तथा भिडियो बनाउन रुचाउँछन् ।”

घोडाको खानपान घटाउदा घर खर्च गरेर एक÷दुई हजार दैनिक बचत हुने गरेको छ । यहाँका स्थानीयले घारवास र घोडा सफारीबाट मुख्य आम्दानी लिने गरेका छन् । वर्खायाम भए पनि यहाँको बुकी फूल हेर्न कै लागि बुटवल, काठमाडाँै, पोखरा, बागलुङ बजारसहितका छिमेकी पालिकाहरुबाट ढोरपाटनमा पर्यटक आउने गरेका छन् ।

असारदेखि भदौसम्म यस क्षेत्रमा विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल फुल्ने गर्छन । मङ्सिर–पुसमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटक हिउँ खेल्नकै लागि आउँछन् । यहाँ आउने पर्यटक घोडा नचडी फर्किएको पाइँदैन । पर्यटकहरू घोडा चढेरै बुकी पाटनसम्म जाने गर्दा घोडाधनीहरु उत्साहित रहेका छन् ।

घोडापालनमा भने चुनौती रहेपछि पछिल्लो समय आम्दानी बढेको घोडाधनी मैतराम विकको भनाइ छ । दुई घोडा पाल्नु भएका मैतरामको घर खर्च चलाउने माध्यम घोडा नै हो । उहाँले बुकीपाटनमा पर्यटकका सामग्री पु¥याउन आफ्ना घोडा प्रयोग गर्दै आएको बताए ।

“हिमपात हुने तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्दछ, अघिपछि पर्यटकहरु आउनुहुन्छ, हिमपातमा घोडा हिडाउन मिल्दैन, घरमै पाल्दा कठिन हुन्छ, अहिले घोडामै पर्यटकलाई बुकीपाटन लैजाने व्यवस्था मिलाइएको छ, ढोरपाटन उपत्यकाबाट बुकी पु¥याएको रु तीन हजारदेखि रु चार हजारसम्म दिन्छन्”, विकले भने ।

वर्खायाम भए पनि ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फष्टाउँदै आएको स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीले जानकारी दिए । सिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षमा २३ हजार पर्यटक भित्रिएका थिए । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा हजारले बढी हो ।

 

वि.सं.२०८२ साउन २४ शनिवार १६:१७ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...