back
CTIZAN AD

राष्ट्रियसभाको बैठक बस्दै

वि.सं.२०८२ साउन ३० शुक्रवार

693 

shares

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नुहुनेछ ।

त्यसैगरी, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ ।

उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।

वि.सं.२०८२ साउन ३० शुक्रवार ०८:०३ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...