back
CTIZAN AD

पत्रकार उमेश राउतको कृष्ण भजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक

वि.सं.२०८२ साउन ३० शुक्रवार

3.2K 

shares

काठमाडौँ । पत्रकार उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ कृष्ण भजन सार्वजनिक भएको छ । भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

सो भजनमा निरज सापकोटाको शब्द र पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गरेका हुन् । ‘वंशी बजाइदेऊ कृष्ण वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गरेको छ ।

कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य, लोभ र मोह त्यागको सन्देश बोकेको भजनमा दीनदुःखीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको पत्रकार राउतले जानकारी दिए ।

विशेषगरी, ‘मखन चोर्ने, घैला फोर्ने’ कृष्णको बाललीला र द्रौपदीको लाज बचाउने श्रीकृष्णका लीलाहरू समेटेर भजन तयार गरिएको छ । यही साउन ३१ गते पर्ने श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर उक्त भजन सार्वजनिक गरिएको हो ।

वि.सं.२०८२ साउन ३० शुक्रवार ०९:०२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...