back
CTIZAN AD

भृकुटी मण्डपमा सुरुभयो नाडा अटो शो, यी हुन् प्रर्दशनीका आकर्षण

वि.सं.२०८२ भदौ ३ मंगलवार

3K 

shares

काठमाडौं । काठमाडौँ स्थित भृकुटी मण्डपमा नाडा अटो शो २०२५ सुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले अटो शो आयोजना गरेको हो ।

शो को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै अवको समय र संसार युवाहरुको भएको बताए । युवाको नेतृत्व भएकै कारण उनले नाडाले यो पटक एतिहासिक कार्य सुरुवात गर्न सकेको बताए । उनले नाडाले उड्ने कार, रोबर्ट, फिचर लोडेड लगायतका साधन नेपालमा भित्राएर विकास र आधुनिकतालाई संस्थागत गर्न खोजेको बताए ।

‘युवाहरु अगाडि बढ्नुपर्छ । म पद छोड्न तयारछु । तर, युवाहरु देशको नेतृत्व गर्न तयार हुनुपर्यो’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारको नीति तथा कार्यक्रम सबैलाई सहयोग पुग्ने छ । हाम्रा नीति उद्यम तथा व्यवसायी मैत्री छन् । ढुक्क भएर लगानी गर्दा हुन्छ ।’

नाडा अटो शोमा यो पटकको मुख्य आकर्षण उड्ने कार भएको छ । उद्घाटन समारोहमाा उड्ने कार हेर्न आउने दर्शकको बाक्लो चाप थियो । यस्तै आयोजकले रोबर्टको प्रयोग गरेर शोलाई विषेश बनाउने प्रयास समेत गरेको छ ।

मंगलबारदेखि सुरु भएको शो भदौ ८ गतेसम्म संचालन हुनेछ । शोमा अधिकांश सवारीहरु विद्युतिय छन् । चीन तथा भारतमा उत्पादन हुने अत्याधुनिक गाडी, मोटरसाइकल, स्कुटर, माइक्रो बस शो मा देख्न पान्छ ।

सवारी खरिदकर्तालाई बिक्रेताहरु आकर्षक छुट तथा उपहारको समेत व्यवस्था गरेका छन् । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतको उपस्थिति थियो ।

 

वि.सं.२०८२ भदौ ३ मंगलवार १५:२९ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...