back
CTIZAN AD

देवचुलीमा सरकारी जग्गामा व्यक्तिको रजाइँ, खाली गर्न नगरको अल्टिमेटम

वि.सं.२०८२ भदौ ५ बिहीवार

4K 

shares

नवलपुर । सरकारी जग्गामा व्यक्तिले रजाइँ गरेको पाइएपछि नवलपुरको देवचुली नगरपालिकाले उक्त जग्गा खाली गर्न अल्टिमेटम दिएको छ । नगरपालिकाले विहीबार एक सूचना जारी गर्दै आगामी कार्तिक मसान्त सम्ममा उक्त जग्गा खाली गर्न अल्टिमेटम दिएको हो ।

केही व्यक्तिहरूले देवचुली नगरपालिका अन्तर्गत साविक प्रगतिनगर गाउँ पञ्चायत, वडा नं ३ (क), कित्ता नं ९१ (क्षेत्रफल ४ ३ १३.२५०) प्रगतिनगर गाँउ पञ्चायतको नाममा दर्ता कायम भएको सरकारी जग्गा प्रयोग गर्दै आएको पाइएको छ ।

उक्त जग्गा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (२) बमोजिम नगरपालिकाले संरक्षण गर्ने असार १३ गतेको ८० औ कार्यपालिका बैठकबाट निर्णय समेत भएको थियो ।

उक्त जग्गा प्रयोग गर्दै आएका सम्पूर्ण व्यक्तिहरुले कार्तिक मसान्त सम्म जग्गा खाली गर्न सूचना प्रकाशित गर्दै तोकिएकोे समय भित्र जग्गा खाली नगरे प्रचलित कानुन बमोजिम जाने नगरपालिकाले चेतावनी समेत दिएको छ ।

यता नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपानेले संसार न्यूजसँग कुरा गर्दै जग्गा खाली गराउने मामिलामा कुनैपनि हालतमा पछि नहट्ने बताएका छन् ।

वि.सं.२०८२ भदौ ५ बिहीवार १३:१३ मा प्रकाशित

बाढीपीडितको सहयोगमा अखिल क्रान्तिकारी र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल क्रान्तिकारी र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...