back
CTIZAN AD

दुबै मिर्गौलाको समस्याले पीडित जगनलाई बेलायतबाट आर्थिक सहयोग

वि.सं.२०८२ भदौ ८ आइतवार

4.1K 

shares

बेलायत । मिर्गौलाको समस्या भएर उपचार गराइरहेका ४३ वर्षीय जगन विकलाई बेलायतमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गुल्मी चन्द्रकोट ४ (रेमी, शान्तीपुर निवासी चन्द्र बि कका ४३ वर्षीय छोरा जगन बिकको दुबै मिर्गौला खराब भएपछि परिवारकै आग्रहमा बेलायतबासी गुल्मेलीहरुले आर्थिक सहयोग गरेका हुन् ।

गुल्मी जिल्ला समाज युकेका केही सदस्यहरूबाट संकलित आर्थिक रकम रू २ लाख ९७ हजार ३१३ रुपैयाँ उनलाई हस्तान्तरण गरिएको हो ।

विकको मृगौला प्रत्यारोपण गर्नका लागि सबै तयारी भएको तर धेरै खर्चिलो भएको र घर परिवारको आर्थिक अबस्था समेत एकदमै कमजोर् भएका कारण उपचार गर्न नपाएको भन्दै देश तथा बिदेशमा रहेका गुल्मेलीहरूसंग आर्थिक सहयोगको अनुरोध गरिएको थियो ।

बेलायतबासी गुल्मेलीहरूलाई आधिकारी पत्राचार प्राप्त अनुरूप बिगतमा जस्तै यस पटक पनि बेलायतबासी गुल्मीली परोपकारी मन र धनका धनी दयालु दाताहरु समक्ष स्वेच्छाले सहयोग संकलनको अनुरोध गरिएको थियो ।

सो रकम प्रमुख अतिथ चन्द्रकोट गाउपालिकाका ४ नम्वर वडा अध्यक्ष बल बहादुर बस्नेतका साथै बिशेष अथिती वडा सदस्य टेकबहादुर थापाको हातबाट जगन बिककी धर्मपत्नीको हातमा हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा पालिका स्वाथ्य साखा प्रमुख सन्तोष पुन, शिक्षक तथा समाजसेवी सुनिल पुन, समाजसेवी पुर्वप्रधानाध्यापक दल बहादुर बस्नेत, समाजसेवी शेरबहादुर पुन, क्लवका अध्यक्ष, खुम बहादुर छन्तेल लगायतको उपस्थिती रहेको थियो ।

सो रकम हस्तान्तरण कार्यक्रमको सयोजक, नवयुवा समाजसेवी बेवसाई, बालकृष्ण सुनारले गरेका थिए ।

बेलायतबाट आर्थिक सहयोग संयोजक गुल्मी जिल्ला समाज युकेको सस्थापक अध्यक्ष हाल ट्रष्टी समाजसेवी बर्तमान गैरआवासीय नेपाली संघ बेलायत, अन्तराष्ट्रिय समन्वय समिती सदस्य, ओमप्रसाद थापा काउचाले कसैको जीवन बचाउन दान गर्नु उत्तम मानव धर्म रहेको बताए ।

‘एक थुकी सुकी सयौ थुकी नदी’ भन्ने उखानलाई आत्मासाथ गर्दै थापाले सहभागी सहयोगी सबै दाताहरूप्रति अभार साथै आर्थिक संकलनमा साथ दिने देव बिक साथै अन्य सबैलाई धन्यबाद दिएका थिए ।

ओम थापा काउचाको सहयोगमा 

वि.सं.२०८२ भदौ ८ आइतवार १७:४१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...