back
CTIZAN AD

अर्थतन्त्रमा सुधार, निर्यात ८१.८ प्रतिशतले बढ्यो (पूर्णपाठसहित)

वि.सं.२०८२ भदौ ८ आइतवार

1.5K 

shares

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको तथ्याङ्क अनुसार देशको अर्थतन्त्रमा सुधार आएको छ । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको छ ।

बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.६७ प्रतिशत भन्दा बढी हो। वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहँदा, अघिल्लो वर्षको ५.४४ प्रतिशतको तुलनामा घटेको देखिन्छ ।

त्यस्तै विप्रेषण आप्रवाहमा पनि उल्लेखनीय वृद्धि भएको छ । नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको विप्रेषण आप्रवाह २०८२ असारमा १ खर्ब ८९ अर्ब ११ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ, जुन १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्रिय बैंकले जनाएको छ।

शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको ५ खर्ब २ अर्ब ४९ करोडको तुलनामा उल्लेख्य वृद्धि भएको छ । आयात १३.३ प्रतिशतले वृद्धि भए पनि निर्यात ८१.८ प्रतिशतले बढेको देखिन्छ, अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ। मुलुकको मुद्राप्रदायमा पनि १२.५ प्रतिशतले वृद्धि देखिएको छ, अघिल्लो वर्षको १२.९ प्रतिशत वृद्धि सापेक्षमा स्थिर देखिन्छ।

वि.सं.२०८२ भदौ ८ आइतवार १७:२५ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...