back
CTIZAN AD

‘तीज पर्वले आपसी सद्भाव कायम गरेको छ’

वि.सं.२०८२ भदौ ८ आइतवार

1.8K 

shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीज पर्वले आपसी भाइचाराको सम्बन्ध कायम गरेको बताएका छन् ।

सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एसोसिएसन ९एसकाज०ले तीज पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘सामूहिक तीज कार्यक्रम’मा उनले तीज पर्वले आपसी भाइचाराको सम्बन्ध कायम गर्दै लगेको बताएका छन् ।

मन्त्री खड्काले विगतमा हिन्दू महिलाको चाडका रूपमा मात्र लिने तीज पर्व पछिल्लो समय सबैको साझा पर्वका रूपमा विकास हुँदै गएको बताए । मानसिक र शारीरिक थकान मेटाउने माध्यम तीज पर्व हुँदै गएको उनको भनाइ थियो ।

मन्त्री खड्काले प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले धनी सङ्खुवासभाको विकासका लागि काठमाडौँमा रहेर पत्रकारिता पेसामा सक्रिय सञ्चारकर्मीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरे।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता राजेन्द्र गौतमले महिला सशक्तीकरणमा तीज पर्वले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । समयको परिवर्तनसँगै तीज व्यावसायिक हुँदै गएको उनको भनाइ थियो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्र कार्की, कांग्रेस नेत्री विनिता थापा खड्का, एसोसिएसनका अध्यक्ष शङ्कर खनालले आफ्नो धारणा राखेका थिए ।

वि.सं.२०८२ भदौ ८ आइतवार १८:१३ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...