back
CTIZAN AD

व्यवसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

वि.सं.२०७४ जेठ २५ बिहीवार

1.2K 

shares

२५ जेठ, भीमदत्तनगर । धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ ।

“मैले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीसम्म पुग्छ,” उहाँले भन्नुभयो । हाल उहाँले दुई बिगाहा खेतमा गोलभेँडामात्रै फलाउनुभएको छ । अन्नबाली भन्दा तरकारीखेतीबाट मनग्य आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।

“तरकारीखेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ,” ऐरले भन्नुभयो । बाह्रैमास तरकारी उत्पादनमा जुट्नुभएका ऐरले तरकारी रोप्ने बेलामा ६० देखि ८० जना मजदुरलाई रोजगारी दिँदैआउनुभएको छ । सुरुवातमा एक बिगाहाबाट तरकारीखेती सुरु गर्नुभएका एरेलाई अहिले तरकारी बिक्री गर्न कुनै समस्या छैन ।

“उचित समयमा बीउबिजन पाउन समस्या छ,” ऐरले भन्नुभयो । तरकारीखेतीका लागि विभिन्न कृषिविज्ञसित परामर्श गर्ने गरेको उहाँको भनाइ छ । उहाँले उत्पादन गर्नुभएको तरकारी बुटवल, नेपालगन्ज, काठमाडौँदेखि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा समेत खपत हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयले समेत तरकारी उत्पादनका लागि सामग्री उपलब्ध गराउँदै आएको छ । धान, गहुँभन्दा तरकारीखेतीमै श्रम गरे बिदेशिनु नपर्ने ऐर बताउनुहुन्छ । सरकारले तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएका किसानलाई आवश्यक सहयोग गर्नुपर्ने उहाँको माग छ ।

वि.सं.२०७४ जेठ २५ बिहीवार ०८:१८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...